अनि जीवन पागल भयो…
मेरो माइति घरको अलि माथितिरको गाउँमा एउटा घर थियो । त्यहाँ पाँच जनाको परिवार थियो । बाबुआमा, दुई छोरी देवी र लक्ष्मी साथै एक छारा जीवन बस्दथे । उनीहरूको जीवनस्तर निम्न थियो । उनीहरू आफ्नो लागि आफै काम गर्दथे । खेतीपाती गरेर आफ्नो जीवन निर्वाह गरेका थिए । छोराछोरीलाई पसिना बगाएरै भए पनि पढाउने र लेखाउने गरेका थिए । छोरीलाई त १० कक्षासम्म मात्रै पढाएर बिहे गरिदिए छोरालाई भने राम्रोसँग पढाउला भन्ने ठूलो अभिलाशा थियो । जीवन साह्रै सोझो, इमान्दार र मेहेनती थियो । सानैदेखि उसले बाबुआमालाई सघाउने र पढाइमा पनि साह्रै मेहेनत गर्दथ्यो । पढाइमा राम्र्रो प्रगति गरेको देखेर बाबु आमाले नै छोरालाई राम्रो शिक्षा दिने चासो दिन्थे । ऊ एसएलसी पास पनि भयो । आमा बाबु साह्रै खुशी भए किनकी ऊ राम्रो अंक लिएर पास भएको थियो । बाबु आमाले उसको पढाइमा बाधा पु¥याउन चाहेनन्, तर आफूसँग पढाउने पैसा पनि थिएन । साँझ बिहान पसिना बगाउने भएको त्यही जमिन उनीहरूले बेच्ने निणय गरे ।
धान, गहुँ लगायत तरकारी उब्जने राम्रो खेत, पानी लाग्ने समथर जग्गा उनीहरूले बेचेर छोडे । छोराको सपना पूरा गर्ने अठौट गरे । जीवनको लागि लक्ष्मी र देवीले आफूले नपढे पनि भाइलाई राम्रो शिक्षा दिन आग्रह गरे । जीवनलाइ उसका बाबुआमाले पढ्नको लागि सहरतिर पठाए । ऊ साह्रै मेहेनत गर्दथ्यो । ११ र १२ मा पनि राम्रो नतिजा हासिल गरेको थियो । उसको घरको अवस्था कमजोर भएकाले ऊ बिहान आफू पढ्ने र खालि समयमा ट्युसन पढाउने गर्दथ्यो । सानै उमेर भए पनि लगनशील र व्यवहारिक थियो । पढ्दा–पढ्दै आफूसँगै पढ्ने प्रेमा नाम गरेकी एक युवतीसँग मन्दमन्द प्रेममा परिसकेको रहेछ । पे्रमा एक सुन्दर ३२ लक्ष्यणले युक्त भएकी जस्ती देखिन्थी । बाटुल्लो अनुहार, ठूला आँखा, लामो कपाल, छिनेको कम्मर, गहुँगोरो चिटिक्क परेकी साह्रै सुन्दरी थिइ । जीवन पनि बढ्दो उमेरसँगै जवानी चढेको थियो । उनीहरू एक आपसमा पे्रममा डुबेका थिए । एक अर्कालाई साह्रै मन पराउँथे । दुईबीच प्रगाढ माया र विश्वास पनि बढेको थियो । प्रेमा एक सहरमा हुर्केकी केटी हो तर जीवन भने गाउँले परिवेशमा हुर्केको केटा त्यै पनि उनीहरू एक आपसमा समझदार थिए । एकले अर्कोलाई बुझ्ने गर्दथे । सहरमा हुर्केकी पे्रमा कति स्वच्छ हृदय बोकेकी युवती थिइ उनीहरूको माया दिन–दिन बढ्दै थियो ।
एक दिन प्रेमा घरकै पिढीमा बसेर झोक्रिएकी थिइ । पल्लो घरमा उसकै साथी जुन बस्दथी । जुनले सोधी, ‘पे्रमा किन झोक्राएर बसेकी ?’ प्रेमाले सन्चो छैन भनी जवाफ दिइ, अनि जुनले के भयो र ? भन्ने प्रश्न गर्दा प्रेमाले घाटी अरअर पारेको थियो, साथै टाउको दुख्ने, बेहास हुने ज्वरो आउने भएको छ भनी उसलाई बेथाले तीव्र रूपमा चापेको थियो उसको मुखबाट ¥याल पनि आउन थालेछ । उसलाई चेक जाँच गर्दा त इन्सेफ्लाइटिस पो भएको रहेछ । भोलिपल्ट बिहानै प्रेमालाई यम्बुलेन्समा राखेर अस्पतालमा लगेछन् । विचरी ! अचेतन अवस्थामा अस्पताल पुगी प्रेमालाई इमरजेन्सी बेडमा राखिएछ । डाक्टरहरूको सक्दो प्रयास गर्दागर्दै विचरी उसको ढुकढुकी नै चल्न छोडेछ । छोटो समयमा नै संसार छोडेर गइ विचरी ! प्रेमा यति रमाइलो जीवन बिताउन पनि पाइन् । कति खुशी थिए । कति मिठा सपनाहरू थिए कत्रो आकांक्षा बोकेकी थिइ उसका सपना भरी चकनाचुर भए उत सदाको लागि बिदा भएर गइ प्रेमाको बाबुले मृत शरीरलाई गाडीमै राखेर फर्किए । उता घरमा प्रेमाकी आमा र बहिनी भाइको रुवाबास चलिरहेको थियो । घरमा आइपुग्दा छिमेकीहरू प्रेमाको मृत शरीरलाई हेर्नलाई आतुर देखिन्थे र चिन्तित पनि कतिले पे्रमाको दयनीय अवस्था देखेर आँसु थाम्न सकेनन्, रुवाबास चलिरहेको थियो, केही समयपछि प्रेमाको अन्यष्टि गरियो । उता जीवन प्रेमाको यस्तो अवस्थाले छिनछिनमा बेहोस् हुने, छिनमै रुने, चिच्याउने गरेको थियो । उसको दिमागमा प्रेमा बाहेक केही थिएन । विचरा ! कति दिनसम्म त भोक न निन्द्रा भयो ऊ रात दिन शोकाकुल हुन थाल्यो । प्रेमाको निधनले स्तब्ध थिए उसका परिवारहरू । सुरुको लक्षण देखापर्ने बित्तिकै अस्पताल पु¥याएको भए सायद यति छिटो संसार छाड्ने थिइन होला । सानो हेलचœयाइले ठूलो क्षति व्यहोर्नु परेको थियो । यता भने जीवनलाई प्रेमाको तस्विर, प्रेमाको माया, उसको यादले पिरोलिरहेको थियो । उसले प्रेमाको मृत्युपछि आफ्नो पढाइ नै स्थगित ग¥यो । यति राम्रो पढाइ लगनशील सबै प्रेमाको मृत्युसँगै विलय । अब ऊ सपना र विपनामै प्रेमा गुनगुनाउन थाल्यो । खाली प्रेमा ल्याइदेउ भन्ने उसको बानी नै भएछ । जीवनका बाबुआमा भने आफ्नो खेतीपाती घरधन्दा गरिरहन्थे । काम नगरे के खाने ? के लाउने ? उता बाबु आमालाई छोराकै चिन्ता थियो मरेर गएकी प्रेमा कहाँ खोजेर ल्याउने जीवन भौंतारिरहन्थ्यो । कहिले कहाँ कहिले कहाँ जाने टालाएर बस्नेबोल्दा कताकता बोलिदिने, कहिले भावुक हुने, उसको चाहना नै प्रेमाको मृत शरीरमा अडिक थियो तर के गर्नु जसले संसार त्यागेर गएकी छे । अनायासै नपाउने कुराको पछि नलाग्नु थियो ऊ तर उसको दिमागबाट टाढा राख्न सकेन । नपाउने कुराको पछि लाग्नु मुर्खता थियो । मान्छेलाई कत्रो–कत्रो विपत्ति, घटनाहरू बिर्सन बाध्य हुन्छ, गुमीसकेको मायालाई रातदिन कल्पेर आफ्नो शरीर खोक्रो बनाउन कुनै फाइदा थिएन । ऊ त स्फूर्तसँग जीवन जीउन सिक्नुपर्ने थियो । केही समयपछि जीवनका बाबुआमाले उसलाई विदेश पठाए । सुरु–सुरुमा त केही पैसा पठाउने फोन गर्ने गथ्र्यो तर यसले एक्कासी फोन गर्न समेत छोड्यो । यता भने आमा जीवनकै सम्झनामा र पर्खाइमै रातदिन पिल्सिरहन्थिन ।
दुवै जना चिन्तित थिए । जीवनसँग फोन गर्नलाई विरे सँग सम्पर्क गदर्थे । जीवन आमा बुबासँग फोन गर्नलाई कुनै आतुर थिएन । आमा बुबाले छोराको अवस्था बुझ्नलाई फोन गर्दा त जीवन नानाथरी बर्बराएको थियो । विचरी । आमा छोराको फोनको कुराले भोक न निन्द्रा हराउन थाल्यो साथै बाबा पनि बिचरा । जीवन कसरी भुलोस् जसलाई मुटुको कुनामा राखी छातीले छोपी कसैले नदेद्यने गरी सजायको थियो । प्रेमाः प्रेमा ऊ त विदेशमै पागल सरी भएर पो हिँडेछ । ऊ सँगै प्रदेशीयको विरेले जीवनको बारेमा उसको बुबालाई खबर दिएछ । जीवन बिरामी भएको खबर पाएर जीवनका बुबा छिमेकीसँग पैसाको व्यवस्था मिलाएर छोरालाई घरमा ल्याएछन् । उसको त मानसिक अवस्था नै गुमेको जस्तो थियो । जीवनका बुबा आमा झनै शोकाकुल भए उनीहरूले औषधि उपचार गर्नलाई नेपालमा सम्पूर्ण मानसिक अस्पताल र भारतका केही ठाउँमा औषधि गर्ने काम गरेका थिए । धामी झाँक्रीसमेत गर्न पछाडि परेनन् तर उसलाई सन्चो भएन । उसले कसैको यादमा आफ्नो जीवन नै गुमाउन पुग्यो समयले उसुलाई पछाडि धकेलेछ । जिन्दगीको महŒव बुझेन यसरी किन अनायासै पिल्सीनुपरेको जस्तो सुकै पीडा भए पनि सहनुपर्ने थियो ।
डाक्टरको सल्लाह अनुसार जीवनको गाउँले परिवेशमा हुर्केकी एक मोतिसँग विहे गरिदिए । बाबु आमा भने उहि त होनी खेतीपाती गाउँले जीवन गाइवस्तु, बाख्रा पाठा यस्तैमा व्यस्त हुनुपर्ने थियो बिहेपछि पनि जीवनमा केही सुधार देखिएन झनझन ऊ बेवारिसे भएर हिँड्न थाल्यो । उसको एक छोरी पनि जन्मिइ तर मोती झनै दिन प्रतिदिन जीवन सम्बन्ध भएन मोती एक दिन छोरी लिएर माइति घरमा गइ ऊ घरमा आउन मानिन ।
उसका माइति पनि छोरीलाई घरमा पठाउन मञ्जुर भएनन् । यता भने जीवनलाई मिठो बाल्ने, माया ममता बाढ्ने हसिलो खुसिलो देखिने यस्तै खालको वातावरण पाउँदा मात्र ऊ अलि ठीक स्थितिमा देखिन्थ्यो । तर मोती चेतन मन गुमाइसकेको जीवनसँग जिन्दगी विताउन चाहिन । जीवन सधैंभरी गुमाइसकेकी प्रेमा कै यादमा रहिरहन्थ्यो । जुनफल दिए पनि उसलाई गुलाब नै चाहिएको थियो अब सबै कुराले भरिपूर्ण भए पनि प्रेमा ऊसँग थिइन । ऊ त झन् झन् अचेत अवस्थामा पुगेको थियो । देैवले आफूसँग चुँडालेर लगे पनि किन किन याद उसको समिपमा रहिरहेको थियो उता जीवनको अवस्था देखेर बाबु आमा दिदीहरूलाई सन्ताप बाहेक केही रहेन कस्तो कर्म लिएर आएछ दैवले चुँडालेकी प्रेमा प्रकृतिले ठगेको जीवन रात दिन बाबुआमालाई चिन्ता रहिरह्यो ।
जीवनलाई भने प्रेमाको नाममा अर्कै गीतासँग बिहे गरिदिए जीवन चाहन्थ्यो मिठोबोली न्यानो माया त्यसमै रमाउन खोज्दथ्यो । गीता जीवनको मर्मलाई बुझ्दथी किनकी जीवनको वृत्तान्त कहानी थाहा पाएरै उसकै प्रेमाको रूपमा जीवन जीउने अभिलाषामा थिए जीवनका आमाबुबा भने कहिले तीर्थव्रत मठ मन्दिर पनि धाउने गर्थे ईश्वरसँग प्राथना गर्थे कि छोरो ठीक ठाउँमा रहोस् यस्को भविष्य राम्रो बनोस् भनेर गीताले भने आफ्नो जीवनप्रति सधैं चिन्तन मनन् । खुशी बनाउन मै व्यस्थ बन्न थाली । गीताको आफू प्रतिको सद्भाव मायाले जीवन पूर्ण भए जस्तो देखिन्थ्यो तर समय बित्दै जाँदा ऊ घर परिवार सबैसँग समायोजन हुनुपर्दथ्यो । घरधन्दा कामकाज सासु, ससुरा, जीवनलाई समय दिन उसलाई आमा हुनथाल्यो किनकी यो समाज बुहारीलाई घरधन्दा खेतीपाती गरेरै बसेमात्र राम्रो दृष्टिले हेर्छ ।
उत झनै गाउँले परिवेशकी बुहारी मान्छे हात खाली बस्नु हुँदैन भन्ने मान्यता रहेको थियो । यसरी ऊ जीवनको समिपमै बस्नु हुँदैन भन्ने मान्यता रहेको थियो । यसरी ऊ जीवनको समिपमै रहन नपाउने अवस्था भयो । उता जीवन भने एक्लो हुँदा मायाको पर्खाइमा बस्ने गर्दथ्यो । कति अशिक्षित छ हाम्रो समाज जो एक चेतना गुमाएको छोरालाई
सुधार्ने अपेक्षामा भित्रिएकी
बुहारीप्रति पनि काम धन्दाकै अपेक्षा राख्दछ । चुल्होचौको खेतीपाती छोराको जिन्दगीभन्दा के काम नै ठूलो थियो र ?
आफ्नो श्रीमान्लाई समय दिन नपाउँदा ऊ फेरी जस्ताको त्यस्तै अवस्थामा देख्ने गर्थी । यसरी कति दिन काम धन्दा मात्र गरिरहने जो आफ्नो जीवनलाई सुधार्ने मौका नै छैन भने काम को के अर्थ रह्यो र गीता पनि एक दिन जीवनलाई छोडेर हिँड्न बाध्य भइ ऊ जीवनदेखि टाढा भइ उसको माइिितघर पनि टाढै थियो ।
विचरा ! जीवन प्रेमा सँगै चेतना, मस्तिष्कसमेत गुमाउनुप¥यो ।
(मप विश्वविद्यालय एम एड प्रथम सेमेस्टर)
साझा बिसौनी संवाददाता ।