‘पहिले झगडा हुन्थ्यो, अहिले खुशी छौं’

शिखर नभेटिने पहाडको यात्रा हो जीवन !


किशोर कँडेल र उनकी जीवनसाथी पूर्णा थापा (कँडेल)ले आफ्नो जीवनभोगाइका अनुभव र अनुभूतिबाट जीवनको यस्तो परिभाषा निकाले । जिउने कला जानिएन भने जीवनमा संघर्ष गरेर पनि प्रगति गर्न नसकिने यो जोडीको निश्कर्ष छ ।
पिता यामलाल कँडेल र माता बालकुमारी कँडेलको कोखबाट वि.सं. २०३७ सालमा सुर्खेतको गर्पनमा जन्मिएका किशोर कँडेलको बाल्यकाल रमाइलोसँग बित्यो । बाल्यकालमा अलि बढी नै चकचके स्वभावका कँडेल धेरै समय मामाघरमा बिताउने गर्थे । माया घरमा ठूलीआमाका छोरा उनका दाईसँग खेल्न र रमाउन पाउने भएकाले उनी धेरै जसो समय माया घरमा नै बिताउने गर्थे । घरको एक्लो छोरा सबैको माया ममतामा हुर्किएका उनले कक्षा एक चौरासेको स्कुलमा पढे ।
उनका बुबा शिक्षिक भएकाले बुबाको जहाँ–जहाँ सरुवा भयो उनी पनि स्कुल फेर्दे त्यही नै पढ्न गए । कक्षा दुईमा नपढेर उनी एक्कासी ३ कक्षामा घुस्रा स्कुलमा नाम लेखाएर पढे । कक्षा चार बालमन्दिर, कक्षा पाँच डाँडास्कुलमा पढेका कँडेलले कक्षा ६ देखि भने अमर ज्योति माविदेखि एसएलसी पास गरे । उनको बुबाको नेवारे स्कुलमा स्थायी रूपमा नै सरुवा भएपछि उनले एसएलसी त्यहीबाट पास गरे ।
उनी कक्षा दशमा पढ्दै गर्दा दाङमा सिभिल सव–ओभरसियर पढ्न गए । एसएलसीको परीक्षा उनले पछि मात्र आएर दिएका थिए । २४ महिने ओभरसियर पढेका कँडेलले सुर्खेत फर्केने बित्तिकै नगरपालिकामा जागिरको लागि आवेदन दिए । उनी भन्छन्, ‘मेरो लक नै भन्नुपर्छ नगरपालिकामा फर्म भरें, नाम पनि निस्कियो ।’ उनी भन्दा अगाडिको साथीलाई डिभी परेकोले ऊ अमेरिका गएपछि उनले नगरपालिकामा जागिर पाए । १९ जना मध्येमा उनको नाम निस्कियो । अहिले पनि उनी नगरपालिकामा नै सव–इन्जिनियरको रूपमा काम गरिरहेका छन् ।
उनी जागिर तिर लागेकाले पढाइ बीचमा छोड्नुप¥यो । फेरि उनले जोरेबाझबाट कक्षा १२ पास गरे । स्नातक उनले दैलेखबाट पास गरे । उनी बीचमा कुलतमा पनि फसे । सानै उमेरमा जागिर खाएका कँडेल दुव्र्यसनमा फसेपछि उनलाई सुधार्न घरपरिवाले धेरै प्रयास गरे तर, सकेनन् । उनी कुलतमै थिए । उनको बिहेको कुरा चल्यो । उनको बुबाको साथीले एउटा आफ्नो साली छ बिहे गर्ने भए भनेपछि कुरा चल्यो ।
कँडेल त्यसपछि एक्लै केटी हेर्न गए । उनी हेर्न गएको केटी अरु कोही नभएर पूर्णाकुमारी थिइन् । उनले पूर्णासँग बिहेको कुरा पनि गरे । सुरुमा नै कसले पो बिहेको लागि सहमति जनाउँछ र ? तर, किशोरलाई पूर्णाबाट मौन सहमति पाए जस्तो लाग्यो । पूर्णा र कँडेलको फुपुको छोरीसँगै एउटै कोठामा बस्ने भएकाले कँडेललाई पूर्णालाई भेट्न जान समस्या थिएन । बिहेको कुरा चलेको केही महिनामा नै कँडेलले पूर्णालाई भगाए ।
पूर्णालाई पनि लाग्यो केटो ठीकै छ भन्ने र उनले पनि बिहे गर्ने निधो गरिन् र उनीहरूले २०५६ सालमा भागी विवाह गरे । बिहेपछि पूर्णाका माइतीले केही समय केटाको बारेमा नबुझ्दासम्म त गाली पनि गरे । त्यतिबेला खजुराको केटाहरू गुण््डा हुन्छन् भन्ने सुनेका पूर्णाका माइतीले कँडेलको बुबाको नाम लिएपछि भने पूर्णालाई माफी दिए ।

पिता शेरबहादुर थापा र माता सुमित्रा थापाको कोखबाट २०३७ सालमा दशरथपुरमा जन्मिएकी पूर्णाको बाल्यकाल सुखद्सँग नै बित्यो । साथीहरूसँग रमाइलो गर्ने, स्कुल जाने यस्तैमा उनको बाल्यकाल बित्यो । बाल्यकालमा चकचके स्वभावकी पूर्णा साथीहरूसँग भने खुवै मिलनसार थिइन् । उनले कक्षा एकदेखि एसएलसी पास दशरथपुरबाट नै गरिन् । उच्च शिक्षा पढ्न वीरेन्द्रनगर आएकी पूर्णाले पढ्दापढ्दै कँडेलसँग विवाह गरिन् । विवाहपछि नै उनले स्नातक पास पनि गरिन् ।
विवाहपछि घरमा सबैसँग नजिक हुनको लागि पूर्णालाई केही समय लाग्यो । उनले छोरी हुनु र बुहारी हुनुको फरक पनि पाइन् । माइतीमा जे जस्तो गरेर हिँडे पनि स्वतन्त्र हुन्छ तर, विवाह पछि घरमा आफूभन्दा सानाको समेत डर मान्नुपर्ने, घरको सबै काम बुहारीले गर्नुपर्ने, घर बाहिर निस्किदा र घर पुग्दा समयको ख्याल गर्नुपर्ने यस्तै धेरै कुराको फरक पाइन् उनले छोरी र बुहारी हुनुमा । तर, केही समयमा नै उनले घरबाट छोरीको जस्तै माया पनि पाइन् । उनलाई पछि भने सहज भयो ।
विवाहपछि यो जोडीको कुरा धेरै मिलेन । कँडेल प्रायः मादक पदार्थ सेवन गरेर घर आउने गर्थे त्यसै कारण उनीहरूको झगडा हुनेगथ्र्याे । कँडेललाई कुलतबाट बाहिर ल्याउन घरपरिवारले सके जति उपाय अपनाए तर, सुधार्न सकेनन् । पछि कँडेल प्रशिक्षक नरबहादुर कार्कीको कक्षामा आधा घण्टा मात्र बसेका थिए । उनको जीवनले नयाँ मोड लियो ।
उनी ‘यत्तिकै सुन्दिम नत कस्तो हुन्छ’ भनेर नरबहादुर कार्कीको कक्षामा बसेका थिए । बाहिर निस्किदा उनले जीवन जिउने कला सिकेर निस्किए । घरपरिवारले वर्षौंदेखि सुधार्न नसकेको छोरालाई आधा घण्टामा कसरी परिवर्तन गर्नसक्यो होला उनका घरपरिवार दङ्ग परे । तर, सही थियो कँडेलले कुलत सबै छोडेर जीवन जिउने कला सिके र जीवनलाई कसरी सदुपयोग गर्ने भन्ने कला सिके । उनी भन्छन्, ‘नरबहादुर कार्की त मेरो जीवनमा जीवन जिउन सिकाउने गुरु नै हुनुभयो ।’ अहिले पनि कँडेल कार्कीको कार्यक्रम काठमाडौंमा छ रे भन्ने सुने भने पनि उनी तुरुन्तै गइहाल्छन् । जब कँडेल सुध्रिए तब घरमा शान्ति पनि भयो । तब मात्र यो जोडी एक आपसमा मिल्न थाले । हुन त श्रीमान् श्रीमती भएपछि झगडा हुनु सामान्य नै हो ।
एकआपसमा जति झगडा गरे पनि एकअर्काेको प्रशंसा भने दुवै जना खुलेर गर्छन् । कँडेललाई पूर्णाको घरमा जति धेरै पाहुना आए पनि केही नबोलेरै खाना पकाएर दिने बानी मनपर्ने गर्छ । उनी भन्छन्, ‘उनको खाना मिठो र छिटो बनाउने बानी मनपर्छ, घरमा जति सुके धेरै पाहुना आए पनि झण्झट नमानेर खाना बनाएर खुवाउछिन् त्यो बानी चाहीं खुबै मनपर्छ ।’ कहिले काहीं अफिसबाट काम गरेर घर फर्किदा कुरा
नबुझेर रिसाउने बानी भने कँडेललाई अलि मन पर्दैन । कँडेल भन्छन्, ‘सबै बानी राम्रो छ तर, अझै समझदार भइदिएको भए हुन्थ्यो जस्तो लाग्छ ।’
त्यस्तै पूर्णालाई पनि कँडेलको खाना जे जस्तो पकाएर दिए पनि खाने बानी मन पर्छ । उनी भन्छिन्, ‘मैले जे खाना पकाएर दिएँ भने पनि नमिठो भयो भनेर कहिले कराउनु हुन्न त्यही बानी मन पर्छ ।’ पूर्णालाई कँडेलको कहिले काहीं रिसाएको समयमा आफूसँग नबोलेरै खाना नखाएरै अफिस हिँड्ने बानी भने अलि मनपर्दैन । उनले भनिन्, ‘कहिले काहीं झगडा पर्दा भने खाना नखाएरै हफिस जानु हुन्छ त्यो बानी भने अलि मन पर्दैन ।’
यो जोडीले अहिलेसम्म एकअर्काेको जन्म दिन र विवाह वर्ष मनाएका छैनन् । साथमा एक छोरा एक छोरी छन् । छोराछोरीको जन्मदिन मनाइदिए पनि आफूहरूले भने अहिलेसम्म जन्म दिन र विवाह वर्ष नमनाएको बताउँछन् । कहिले काहीं फुर्सद भएसम्म यो जोडी घुम्न पनि जाने गर्छन् । उनीहरूका अनुसार दाम्पत्य सम्बन्ध सफल र दिगो बनाउनको लागि समझदारी चाहिन्छ । समझदारी भित्र पनि विश्वास भए मात्र सम्बन्ध राम्रो हुने उनीहरूको भनाइ छ । एकअर्काेबीचमा समझदारी र विश्वास भएन भने सम्बन्धलाई दिगो बनाउन सकिदैन ।
यो जोडी भन्छन्, ‘जीवन भनेको शिखर नभेटिने पहाडको यात्रा हो ।’ जीवनमा अनगिन्ती यात्राहरू हुन्छन् ती यात्रालाई पूरा गर्न कहिल्यै सकिदैंन । उनीहरूका अनुसार जीवनसाथी भनेको जीवनको हरेक दुःख सुखमा साथ दिने साथी हुन् । जीवनको अन्तिम श्वास रहुञ्जेलसम्म साथ दिनसक्ने साथी नै जीवनसाथी हुन् । जीवनको दुःख सुख बिसौनी चौतारी हुन् । उनीहरू भन्छन्, ‘भाग्यवादी नभए पनि जोडी भने भगवानले नै बनाएर पठाएको हुँदो रै’छ, हाम्रो जोडी पनि भगवान्ले नै बनाएका हुन् ।’

प्रकाशित मितिः   १० असार २०७४, शनिबार १२:५८