गाई भैंसीमा खोरेतको संक्रमण

सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका वडा नं. ५ मा गाई भैंसीमा खोरेत रोगको संक्रमण देखापरेको
छ । उक्त क्षेत्रका ६ दर्जनभन्दा बढी गाईभैंसीमा खोरेत रोगको संक्रमण भएको पाइएको छ ।
खोरेतको संक्रण भएको खबर पाएपछि जिल्ला पशु सेवा कार्यालय सुर्खेतका पशु चिकित्सक नारायणप्रसाद न्यौपाने सहित सेवा केन्द्रको टिम उक्त स्थामा पुगी बिरामी पशुहरूको उपचार समेत गरेको छ । उक्त टोलीले बिरामी मध्यबाट सात वटा टिस्यु स्याम्पल २१ वटा बल्ड सेरम स्याम्पल ल्याइ क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षणको लागि पठाइसकेको कार्यालयले जानकारी दिएको छ । हाल सो क्षेत्रको रोग फैलन सक्ने स्थानमा खोप कार्यक्रम सञ्चालन भइ रहेको छ । कार्यालयले हालसम्म दुई सय १० गाई भैंसीहरूमा उक्त रोगविरुद्ध खोप लगाइ सकेको छ भने खोप कार्य जारी रहेको छ । उक्त क्षेत्रका सबै कृषकहरूलाई खोप अनिवार्य अलाउन जिल्ला पशु सेवा कार्यालयले अनुरोध समेत गरेको छ ।
खोरेत रोग विषाणुबाट हुने सरुवा तथा संक्रामक रोग हो । यो रोग गाई भैंसी, भेडा बाख्रा, तथा सुंगुर बंगुरहरूमा समेत लाग्दछ । तै पनि गाई भैंसीहरू बढी प्रभावित हुन्छन् । यो रोग एक ठाउँबाट अर्को स्थानका पशुमा दानापानी, रोगी पशुसँगको लसपस संसर्ग, मानिसको आवतजावत गर्दा निरोगी पशुहरूलाई पनि सर्छ । छोटो समयमा एक स्थानबाट अर्को स्थानमा सजिलै फैलन्छ । यो रोग लागेमा पशुवस्तुले मुखबाट ¥याल काड्ने, मुख र गीजामा घाउ हुने, सुरुको केही दिन अत्यधिक ज्वरो आउने, खुट्टाको कापहरूमा घाउ हुने, प्रायः मुख र खुट्टाको कमलो भागमा उक्त विषाणुहरूले क्षति पु¥याउने हुँदा पशु वस्तुले खान नसक्ने, मुखमा घाउको कारणले ¥याल काडिरहने, दाना–घाँस खान नसक्ने, खुट्टाको घाउको कारणले हिँड्न नसक्ने, किराहरू पर्ने लगायतको लक्षण देखिने पशु चिकित्सकहरूले बताएका छन् ।
त्यसैगरी दुध उत्पादन अत्यधिक कमी आउने तथा उत्पादन नै नहुने, साना बाच्छा बाच्छी दुध खान नसक्दा मर्ने सम्भावना हुन्छ भने ठूला पशुहरू लामो समयसम्म रोगले ग्रस्त बनाउने हुँदा कृषि कार्यमा प्रयोग हुने गोरु राँगा जोत्न सक्दैनन् र दुधालु गाई भैंसीहरूको दुध दिँदैनन् ।
यो रोग नियन्त्रणका लागि खोप नै लगाउनुपर्ने हुन्छ । जिल्ला पशु सेवा कार्यालयमा हाल केही खोप उपलब्ध गराएको छ । समयमै सम्पर्क राखी आफ्ना पशु वस्तुलाइ खोप लगाउन हुन जिल्ला पशु सेवा कार्यालय सबै कृषकहरूलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मितिः   ९ असार २०७४, शुक्रबार १२:११