सर्पले टोक्दा बालिकाको मृत्यु

सुर्खेत, ७ असार ।
सर्पले टोक्दा सुर्खेतमा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बराहताल गाउँपालिका–४ तरंगामा सर्पले टोक्दा बालिकाको मृत्यु भएको हो । आइतवार राती ८ बजेतिर कोठामा सुत्न गएको बेलामा सर्पले टोक्दा १० वर्षीया बालिका एलिना शाहीको मृत्यु भएको हो ।
शाहीलाई राती नै मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनको उपचार गर्दा–गर्दै मृत्यु भएको सरस्वती आधारभूत विद्यालयका शिक्षक डिल्लीराज चापागाईंले जानकारी दिए ।
उनी सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन् । मृतक शाहीका बाबु विदेश र आमा अर्को विवाह गरी गएकी छन् । उनका आफन्त कोही नभएपछि विद्यालयकै अगुवाइमा पोष्टमार्टम र अन्तिम दाहसंस्कार गरिएको शिक्षक चापागाईंले जानकारी दिए ।