प्रहरीद्वारा चार बालकको उद्धार

कालिकोट, ७ असार ।
प्रहरीले चार जना जुम्लाका बालकहरूलाई उद्धार गरेर गृह जिल्लामै पठाएको छ । जुम्ला चन्दनाथ नगरपालिकाका ती बालकहरू सुर्खेत जाँदै गर्दा प्रहरीले मंगलवार मान्मबाट उद्धार गरेको हो । मान्मबाट उद्धार गरी मंगलवार घर पठाइएको हो ।
चन्दनाथ नगरपालिका वडा नं. ११ तलिहुमका १४ वर्षीया दानबहादुर रोकाया, १५ वर्षीया कमल रोकाया, १५ वर्षकै कमल सेजुवाल र चन्द्रनाथ नगरपालिका ८ का १५ वर्षीया कमल रावल रहेकाछन् । गाडीमा सुर्खेत जाँदै गर्दा ताडी चेकपोष्टमा बालकको उद्धार गरिएको प्रहरी नायव निरीक्षक योगन्द्रकुमार खड्काले जानकारी दिए ।

यसअघि तीन महिना सुर्खेतमा होटलमा काम गरेका दानबहादुर रोकायासँगै तीन जना बालकहरू पढाइ छोडेर कामको खोजीमा घरबाट निस्केको आफन्तले बताए । उनीहरूले घरमा रहेका दुई वटा साइलक १२ हजारमा बेचेर सुर्खेततर्फ जान लागेका थिए । दानबहादुरले साथीहरूसँगै कामको खोजीमा जान लाग्दा प्रहरीले समातेको बताए । पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले पढाइ छाडेर घरबाहिर नजान र पढाइलाई महŒव दिन भन्दै बालकहरूलाई सम्झाएका थिए ।

प्रकाशित मितिः   ७ असार २०७४, बुधबार ०७:०७