पत्रकार आचारसंहिताबारे छलफल

सुर्खेत, ४ असार ।
पत्रकार आचारसंहिता सम्वन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आइतवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतको आयोजना तथा जिल्ला समन्वय समिति सुर्खेतको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा सञ्चारविद भानुभक्त आचार्यले पत्रकार आचारसंहिताका बारेमा जानकारी गराएका थिए । राज्यको चौथो अङ्गको भूमिका अन्य अङ्गमा परेको कारण स्वतन्त्र पत्रकारिता नै संकटमा परेको उनको भनाइ थियो । उनले पत्रकार आचारसंहिताभित्र रहेर पत्रकारिता गर्नुपर्ने बताए ।
पत्रकार आचारसंहितालाई पत्रकार तथा सञ्चार माध्यमहरूले पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकार आचारसंहिताभित्र रहेर पत्रकारिता गर्न सम्पूर्ण पत्रकार तथा सञ्चार माध्यमलाई आग्रह गरेका थिए ।

प्रकाशित मितिः   ५ असार २०७४, सोमबार ०८:३७