रोहित मलेसियन क्लबमा
साझा बिसौनी संवाददाता
काठमाडौं, २६ पुस ।
नेपाली राष्ट्रिय फुटबल टिमका डिफेण्डर रोहित चन्द मलेसियन क्लब टी–टीम एफसीमा आवद्ध भएका छन् । चन्द सिजन २०१६ का लागि मलेसियन क्लबमा आवद्ध भएका हुन् । आइतवार सम्झौतामा हस्ताक्षर भएको टी–टीम एफसीले जनाएको छ । तर, रकम भने खुलाइएको छैन ।
नौ वर्षअघि स्थापना भएको टी–टीम मलेसिया प्रिमियर लिगमा गत सिजन तेस्रो भएको थियो । चन्दको आवद्धताले लिगमा प्रदर्शन सुदृढ हुने विश्वास लिइएको क्लबको फेसबुक पेजमा लेखिएको छ । रोहितले ३० नम्बरको जर्सी लगाउनेछन् । यसअघि उनले इण्डोनिसियाको सुपर लिग खेलेका थिए ।
साझा बिसौनी संवाददाता ।