चौतारीको अधिवेशन आज

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ पुस ।
प्रेस चौतारी नेपाल सुर्खेत शाखाको पाँचौं जिल्ला अधिवेशन आज (सोमवार) वीरेन्द्रनगरमा हुँदैछ । वामपन्थी विचारमा आस्था राख्ने पत्रकारहरूको सङ्गठन प्रेस चौतारीको अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।
तीन वर्षे अवधिमा भएका क्रियाकलापका विषयमा छलफल गर्न तथा नयाँ जिल्ला नेतृत्व चयन गर्नका लागि अधिवेशन हुन लागेको हो । नेपाल पत्रकार महासंघ सुर्खेतको सभाहलमा बिहान १० बजेदेखि अधिवेशनको उद्घाटनसत्र शुरु हुने प्रेस चौतारी नेपाल सुर्खेतका सचिव दीपेन्द्र ओलीले जानकारी दिए । अधिवेशनको उद्घाटनका लागि चौतारीका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल, महासचिव माधव नेपालसहितको टोली सुर्खेत 
आउँदैछ । अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ । नयाँ नेतृत्वका लागि अध्यक्षमा वर्तमान अध्यक्ष लक्ष्मण भण्डारी, उपाध्यक्ष सूर्यप्रकाश कँडेल र सचिव दीपेन्द्र ओलीले दाबी गरेका छन् । यद्यपि सर्वसम्मत् रूपमा नेतृत्व चयनका लागि प्रयास भइरहेको बताइएको छ । 
प्रकाशित मितिः   २७ पुष २०७२, सोमबार ११:१३