नगरपालिकाका पदाधिकारीलाई सम्मान

सुर्खेत, ३० जेठ ।
स्थानीयतहको निर्वाचनबाट निर्वाचित भएका वीरेन्द्रनगर नगरपालिका पदाधिकारीलाई सम्मान गरिएको छ । पाइनियर बहुउद्देश्यीय सहकारी संस्थाले सोमवार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगर क्षेत्रको विकास निर्माण र समृद्धिमा सहकारीहरूले पनि हातेमालो गरी अगाडि बढ्न आग्रह गरे । सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका लागि नगरपालिका सधैं तयार रहेको भन्दै उनले आयआर्जन र सीपमूलक कार्यक्रमहरू सहकार्य गर्न समेत सुझाव दिए ।
उपप्रमुख मोहनमाया ढकालले महिलाको आयआर्जनमा सहकारीहरूले ठूलो भूमिका खेलेको भन्दै आगामी दिनमा पनि सीप विकास र क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी र सेमिनार गर्न आग्रह गरिन् । सहकारीले नगरपालिका र
वडा पालिकामा निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको थियो ।