राराको छालका अनुत्तरित प्रश्नहरू र समृद्धि

राराका छालका हालहरू अझै सकिएका छैनन् । कर्णाली प्रदेशकै निजी प्रयासबाट प्रबुद्ध वर्ग संलग्न सेडा विद्यालय र कलेजको प्रचार प्रसार गर्ने क्रममा हामी रारा पुगेका थियौं । रारा हाम्रो उपउत्पादन थियो । त्यसो त कर्णाली समृद्धिको दायित्वले गतवर्षको आधा काल खाएकै हो । यसर्थ मैले एक पन्थ तीन काज राराको भनेको हुँ ।
वर्षान्तका तीन दिनअघि क्याम्पस कार्यपक्षमा अघिल्लो लेखको प्रतिक्रिया दिने क्रममा अघि नै एउटा चुनावी मिटिङमा सेडाका सचिव तथा सहयात्री सहकर्मी डिलाराम भण्डारीले लेख मलाई देखाएका थिए । क्याम्पसमा उपप्राध्यापक लालबहादुर ओलीले आफूले मेरो लेख पढिरहेको जनाउ दिँदा नदिँदै नजिकमा बसेका अर्का स्वास्थ्य विषयका उपप्रध्यापक महेशदत्त भट्टबाट मैले सोचेको रारा पाइन भनेको के हो भने । बलभद्र भारतीले यो पंक्तिकारलाई चिनियाँ महार यात्री ह्वेनसाङसँग दाँजेर मध्यपश्चिमाञ्चलको मलाई नयाँ थप पद ह्वेनसाङ भने । कुराबाटै निश्कर्ष निकाल्दा सचेत मान्छेहरू लेख रचना पढ्दैनन् भन्न मिल्दैन र झन् उत्तरदायित्व थप्छ ।
हाम्रो मुगु रारा संयोग डिलाराम भण्डारीसँगै स्कारपियो जीपले लामो स्पीड लिने ठाउँ नपाउँदा ताल्चा विमानस्थल र गमगढीको बीचमा हामी दुई अल्ली अगाडि बढ्यौं । एउटा ढुंगाको कापमा बसेर मुगाली जिवन्त दृश्यविम्व देख्यौं । धुले थाडामा प्याङ्लो गुन्द्रीमा सुतेर जीर्ण कन्था लगाएकी स्तनपान गराइरहेकी अधवैसे मुगाली बहिनीलाई पढ्यौं । तलमिर, माथि धुले सडक, खोर्सानी पनि लगाउन नमिल्ने बारी बीचको घरको थाडामा करिब ४ वर्षे बालिका थाडाको डिलमा उभिएको छ । दुई तीन जना थप छन् एक जनाले दुई मुठी चामल साँझका लागि केलाइरहेको छ । घरको दक्षिण–पश्चिममा ठूलो पहिरो छ । एउटा ठिंग एक्लै फलेको सानो आरुको रुख । यो त मुगाली प्रतिनिधि बिम्वमात्र हो । हामी दुवै पहिले भावुक भयौं, संवेदनशील बन्यौ, भावनाका आँसुहरू राराको पूर्वउत्तर बग्ने खोला भइ मुगु कर्णाली परेर बग्यो । लाग्यो, मुगु कर्णाली आँसुको नदी हो र राराको छाल क्रन्दनको ज्वार हो र भाटा हो ।
हुम्लाबाटै प्रतिनिधित्व गरेका खानेपानी तथा सरसफाइ मन्त्रीका अनुसार गतवर्ष रारामा ७३ हजार आन्तरिक र बाह्य पर्यटक आए । माधव नेपाल, झलनाथ, बाबुराम भट्टराई, प्रचण्ड लगायत थुप्रै नेताहरूले यही बाटो काटे । राजा महेन्द्रले सेतो घोडा चढेर यही विम्ब काट्दै गमगढी झरे । नेपालका विकास विशेषज्ञ भनिनेहरू यही बाटो काटे । पूर्णप्रसाद नेपाल नामका यात्रीले राराको सौराइ (संझना) लेखे । महेन्द्रले धर्तीकी अप्सरा रारा भने । शासक, प्रशासक, कवि, कलाकारहरूले पनी बाटो काटेका हुन् । भर्खरै मोटरबाटो टेकिएको गमगढीका विगत इतिहास पैदल यात्रा हो । यी सबैले किन यस्तो दृश्यविम्व देखेनन् । भावुक, कारुणिक, विरुल, संवेदनशील दृश्यविम्वको निराकरण नै गमगढी नगरपालिकाको समृद्धिमात्र हैन मुगु, कर्णाली, कर्णाली प्रदेश र नेपालकै हो ।
नेपाल र नेपालीको विकास शान्ति, प्रगति भनेको नै अधवैसै आधा दर्जन छोराछोरीकी गरीब तर आदर्श आमाको समृद्धि हो । यस्ता आमाहरूको नागरिक अधिकार, मौलिक अधिकार, संवैधानिक अधिकार, समृद्धिको अधिकार तथा राजनैतिक अधिकारको सुनिश्चितता यथार्थमा सही समृद्धि हो । लेख लेख्दै गर्दा घर बाहिर जब जान्छु, आमाछोरी, बाबु छोरा सँगै भेट्दा आमा र बाबुले नमस्ते गरेर सिष्टता, शालिनता, औपचारिकता प्रस्तुत गरिरहँदा सँगै हिँडेका छोराछोरीले उल्टो नमस्ते खोज्दछन् । मानवताको पहिलो परिचय शिष्टता नजान्ने घर वरपरका चेलाचेली देख्दा समृद्धिमै शंका लाग्छ । पेटभर खाना, लागाउन, रहन पाउनुमात्रै हैन समृद्धि, शिष्टतामाथि झन् असल शिष्टता समृद्धिको सूचक हो । समृद्धि अनन्त असल पक्रिया हो, यसको यात्रा असल र उच्चत्तर बन्दै चढ्छ । हुनेखानेका छोराछोरीको व्यवहार देख्दा पनि सहरमा पनि आँसुका मुगु कर्णाली नपर्ने हैनन् । सायद हाम्रा छोराछोरीहरू पनि मलाई जस्तै अरुका छोराछोरीले गर्दा हुन् । उदेक लाग्छ, हामी जस्तै संवेदनशील किन बन्दै छैनन् भावी पुस्ता । शिष्टताविनाको सम्पन्न घर ओढार हो । ओढारभन्दा त्यही दारुण दृश्यविम्व राम्रो ।
स्कारपियो जीपले हामीलाई खोज्यो । विकल छातीका चिराचिरासँगै हामी ताल्चा विमानस्थल पुग्यौं । विमानस्थल क्रिकेट खेल मैदान भन्दा पनि खुला लाग्छ । कमजोर गरीब हवाइविमान, प्रहरीचौकी, हुरहुर धुलो, बच्चाबच्ची खेलिरहेको, विनातारवार सुरक्षा प्ररकाल नभएको, जहाज ल्याण्ड गर्दामात्र अस्तित्वमा आइपर्ने ताल्चा विमानस्थलको समृद्धि यी समस्या, कुण्ठा र निरीहताको अन्त्यका जगमा उभएको छ । हवाइको विस्तार ताल्चाको पहिलो शर्त हो, आकर्षण, सेक्सी वातावरण कडा सुरक्षा, पुष्पलता वृक्षरोपण, अत्याधुनिक सुविधासहितका होटेल निर्माण ताल्चा विमानस्थलका समृद्धिका थप प्रयासहरू हुन् । यातायातका कुनै पनि साधन नभइन्जेलसम्म सरकारी जीपहरूको आवश्यकता छ ।
करिब तीन मिनेटको सडक यात्रापछि गमगढी नाग्ना सकड बाटोसँग हाँगिएर राराको प्रवेशद्वारमा पुग्यौं । चैते दशैंको दिन थियो, स्कुले केटाकेटी थुपरिएका थिए । घोडी यात्राका लागि निश्चित ऐन नियम बन्दै रहेछ । प्रवेशद्वारमा एक दुई वटा पहाडी पसल छन् । गुराँसको जुस प्रतिलिटर तीन सयको किनेर खायौं र जौको लोकल प्रतिलिटर एक सयका दरले उपलब्ध हुँदोरहेछ । अहिले राराका छाल वरपरका नजिरका बस्तीमा खाद्यान्नको राजा जौ खान छोडिएछ । उहिले–उहिले खाँदै आएका जौको परिकारहरू सातु रोटी लगायत थुप्रै परिकारहरू निषेध गरिएको रक्सी पार्न, खान, बेच्न, थालिएछ । र विकासी चामलको मानलार्ई उच्च मानकमा राखिन थालिएछ । होटेलमा चाउचाउ, चाउमिन, बिस्कुट, चकलेट उपलब्ध छन् । तर, कोदो, जौ, मकै, फाफरका परिकार छैनन् । होटेलको समृद्धि यिनै पछिल्ला खाद्यान्नका साथै लट्टे, माटे, कागुनो, किमी, आलु, केराउ, कला, गहतका परिकाको प्रबद्र्धन गरेको खण्डमा परिकारहरूले खाने थिए फापरको लकर राराको नास्तामा विकास गर्नु विज्ञान सम्मुनत् विषय हो । राराको लालिगुराँस जुस घोडाचडी व्यस्थासँगै आफूहरू पनि अर्गानिक खाद्य व्यवहार चलाउनु राराको पहिलो पाइला हो ।
पोषण स्वस्थ्यको पहिलो जग हो भने सु–स्वास्थ्य समृद्धिको पहिलो आधारशीला हो । हामीले भने गमगढी मै रातो मार्सीको भात खाए पनि सबै लोकल भए पनि पकाउने एलपी ग्यास विदेशी पायौं । गमगढीमै भारतीय फलफूल, खाद्यान्न, लत्ताकपडा पुगेको छन् । मुगाली अर्गानिक खाद्यान्नको माग नेपालका ठूला–ठूला सहरमा बढ्दो छ तर, स्थानीय उपयोग न्यून छ ।
घोडा चढ्ने अवसर राम्रो हो तर, वार्गेनिङ्ग छैन । अबको वर्षमा आन्तरिक पर्यटक लाख पुग्नेछन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक जीवन लघुका अनुसार हिजोआजकै खोप विश्वविद्यालयमा अध्ययन गर्ने भक्तपुरका अठ जना युवाहरू चार वाइकमा रारा हान्निएका छन् । एक लाख पर्यटकले एक–एक प्लाष्टिकका सामग्री छोडेमा हाम्रो मुगु रारा तालको छालमा के होला ? तसर्थ प्रवेशद्वारमै खोलिएका पसलहरूलाई पूर्ण अर्गानिक बनाउन मात्र हैन पुकार पानीका बोतल लिन कडाइका साथ निषेध पहिलो सर्त हो । घामका रङ्गसँगै फेरिएर उदाउने राराको पानी प्राप्ती हो । लेकाली हावापानी, वनस्पती, वन्यजन्तु, बासस्थान, यात्रा सम्पन्नता हो । घोडा, गाईवस्तु, परिचरण, आवतजावत, फाहोर कसिङ्गर, घोडामेडाको दुर्गन्ध, एकदम टाढाको बसाई, सरसफाइको अभाव, कर्कशता रारा तालका छालहरू छन् । पछिल्ला सुचकले राराको हाल बेहाल पार्नेछ ।
राराको छालले नयाँ अनुभवका सागरहरू खोेलेको पनि छन् । एक फ्रान्सेली नागरिक कारभित्रै दिसापिसाप तथा खानपिन अनि सुताइको व्यवस्था गरी तीन वर्षदेखि घुम्दै गरेको देखियो । जुम्लामा भर्खर विवाहित जोडी बोलोरो गाडीमा घुम्न जाने भेटिए । बोलेरो जीप नै यात्राको प्रमुख गाडी रहेछ । हिमाली सडक साँघुरा छिटा घुम्तीबाट अगाडि बढ्दा रहेछन् । राराको पूर्वी गाउँको होमस्टेहरू खोल्ने आवश्यक छ । रारा निकुन्जले मध्यावती सीमानाका जनताको बालीनालीलाई हैइ लागेर हुन नदिएर, खाएर झम्टेर दुख दिँदै आएको रहेछन । यिनै प्राप्तीमा अनुभव, शक्ति र सामर्थमा समृद्धिको अवस्था राम्रो । राराको छाल चल्दा हाम्रो टोलीलाई राराले धेरै समृद्धिका कुरा सिकाएको छ ।

प्रकाशित मितिः   ३० जेष्ठ २०७४, मंगलवार १५:३४