इगरब्रिज र कोपिला फाइनलमा

सुर्खेत, २९ जेठ ।
इगरब्रिज माध्यमिक विद्यालय र कोपिला भ्याली माध्यमिक विद्यालय वीरेन्द्रनगरमा सञ्चालित प्रथम अन्तरविद्यालयस्तरीय सेडा फुटसल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्तर्गत आइतवार पनि विभिन्न खेलहरू सम्पन्न भएका छन् । जसमा जुनियर छात्रतर्फ आयोजक सेडालाई ६–० ले पराजित गर्दै इगरब्रिज फाइनल प्रवेश गरेको हो । त्यस्तै कोपिला भ्यालीले उषा बालबाटिकालाई ३–१ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको छ ।
जुनियर छात्रतर्फकै आइतवार अर्को खेलमा इन्टरनेशनल को–अपरेटिभ एकेडेमी र सुप्रिम एकेडेमीबीच निर्धारित खेल २–२ गोलको बराबरीमा टुङ्गिएपछि पेनाल्टीमा सुप्रिमलाई १–० ले पराजित गर्दै इन्टरनेशनल विजयी भएको छ ।
त्यसैगरी सिनियर छात्रातर्फ उषा बालबालिकालाई ४–० ले पराजित गर्दै कोपिला फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आज (सोमवार) सिनियर छात्रको क्वारफाइनल खेल हुने आयोजक समितिका सदस्य लोकेन्द्र दहालले जानकारी दिए ।

प्रकाशित मितिः   २९ जेष्ठ २०७४, सोमबार १४:३३