अझै अन्योलमा विमानस्थल विस्तार

सुर्खेत: सुर्खेत विमानस्थल विस्तारको विषय अझै अन्योलमा रहेको छ । विस्तार योजना अघि नबढ्दा असहज रूपमा जहाज अवतरण हुने गरेको छ । विमानस्थलको धावनमार्ग साँघुरो छ । साँघुरो धावनमार्गका कारण ठूला जहाज सञ्चालन गर्न नसकिने भएपछि हालको विमानस्थललाई स्तरोन्नति गर्ने योजना सरकारले अघि सारेको छ ।

विमानस्थल विस्तारको चर्चा चल्न थालेको भने लामै समय भइसकेको छ । तर अनेक विवादमा अल्झिदै आएको छ । पछिल्लो पटक हुने भनिएको विस्तारको योजनामा पनि विवाद नै बाधक बनेको छ । अहिले उक्त योजना नै अन्योलमा परेको छ । संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय र संयुक्त लगानीमा एक हजार पाँच सय ५५ मिटरको धावनमार्ग र रात्रीकालीन उडान गर्नेगरी विकास एवम् विस्तार गर्ने योजना बनाइएको थियो । योजनाअनुसार विमानस्थलको उत्तरतर्फ करिब ६ सय मिटर लम्बाई र दुई सय ४० मिटर चौडाई विस्तार गर्ने लक्ष्य थियो । उक्त योजना कार्यान्वयनका लागि करिब ३० विगाहा जमिन अधिग्रहण गर्नुपर्ने थियो । तर योजना कार्यान्वयनको सुरुवातमै विवाद निम्तिएपछि रोकियो ।

 

विमानस्थल विस्तारको चर्चा चल्न थालेको भने लामै समय भइसकेको छ । तर अनेक विवादमा अल्झिदै आएको छ । यद्यपि, संघीय सरकारको आगामी बजेटमा पनि प्रादेशिक विमानस्थलको विषयले स्थान पाएको छ । यता कर्णाली प्रदेश सरकारले पनि सुर्खेत विमानस्थल स्तरोन्नति र विकासका लागि संघीय सरकारसँग समन्वय र पहल गर्ने योजना आफ्नो आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरेको छ ।

 

केही वर्षयता सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माणको विषय सरकारको हरेकजसो नीति तथा कार्यक्रम र बजेटमा समेत छुट्दैन । नीति तथा कार्यक्रम र बजेटमा आइरहने यो आयोजनाले अहिलेसम्म पूर्णता पाउन भने सकेको छैन । यद्यपि, संघीय सरकारको आगामी बजेटमा पनि प्रादेशिक विमानस्थलको विषयले स्थान पाएको छ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा सुर्खेतमा प्रादेशिक विमानस्थल विकास गरिने जनाइएको छ । यता कर्णाली प्रदेश सरकारले पनि सुर्खेत विमानस्थल स्तरोन्नति र विकासका लागि संघीय सरकारसँग समन्वय र पहल गर्ने योजना आफ्नो आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरेको छ ।

कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारका लागि पाँच करोड रूपैयाँ विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै संघीय सरकारसँगको सहकार्यमा विमानस्थल विस्तार गरिने बताए । प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेत सुर्खेत विमानस्थल विस्तारको योजना अगाडि सारेको थियो ।

हरेक वर्ष दीर्घकालीन आवश्यकता सम्बोधन गर्न प्रादेशिक विमानस्थल निर्माणको लागि संघीय सरकारसँग आवश्यक पहल गरिने योजना अघि सारिन्छ । तर, सुर्खेत विमानस्थल विस्तारको योजना अहिलेसम्म अघि बढ्न सकेको छैन । बजेट भाषण गर्दै मन्त्री शाहले सुर्खेत विमानस्थलदेखि कर्णालीका अन्य जिल्लाहरूमा आन्तरिक उडान गर्ने कार्यक्रम समेत घोषणा गरेका छन् । ‘संघीय सरकारको समन्वयमा प्रदेशका अन्य जिल्लाहरूमा नियमित हवाई उडान सेवा सुधार गरिने छ, त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु’, शाहले भने । सुर्खेत विमानस्थल विस्तारका लागि संघीय सरकारले पनि बजेटमा समावेश गरेको छ । तर, कति बजेट विनियोजन गरिएको हो भन्ने अंक भने बजेट भाषणमा अर्थमन्त्री स्वर्णिम वाग्लेले खुलाएका थिएनन् ।

प्रकाशित मितिः   ९ असार २०८३, मंगलवार १८:०५