किर्डाकले मनायो वार्षिकोत्सव

सुर्खेत: कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले २७औँ वार्षिक उत्सव मनाएको छ । न्यायपूर्ण विकास र नागरिक सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको संस्थाले सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रममा बोल्दै सहभागीहरूले आगामी दिनमा अझै शसक्त भएर समाजिक काम र विपन्न तथा पिछडिएको वर्गका महिला तथा किशोरीहरूको सहारा बन्न सुझाव दिएका थिए । किर्डाक नेपालका अध्यक्ष सम्झना कुमारी मल्लले समुदायका व्यक्तिहरूलाई समान पहुँच र आयआर्जनमा सहभागिता गराउँदै अगाडि बड्ने गरेको बताइन् । समाजिक कार्यमा सबैको साथ र हातेमालेको खाचो पर्ने हुँदा आआपनो क्षेत्रबाट सहयोग गर्न आग्रह पनि उनको थियो ।
किर्डाकले स्थापनाकालदेखि नै पूर्वाधार विकास र पैरवी गर्दै आएको छ । सडक सञ्जालबाट पूर्णरूपमा विमुख कर्णालीलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न किर्डाकले निर्वाह गरेको रणनीतिक पैरवीको भूमिका पनि महŒवूर्ण मानिन्छ ।
त्यसैगरी किर्डाकले विद्यालय बाहिर रहेका बालबालिका, विशेषगरी बालिकाहरूलाई विद्यालय भर्ना गराउने, गुणस्तरीय शिक्षाका लागि बालमैत्री शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने र विद्यालय व्यवस्थापन समितिहरूको क्षमता अभिवृद्धि गर्ने कार्यमा पनि योगदान दिएको छ । खानेपानीदेखि जलवायु परिवर्तनका क्षेत्रमा सचेतनामूलक कार्यहरू किर्डाकले गर्ने गर्दछ ।
प्रकाशित मितिः ८ असार २०८३, सोमबार १२:०७
साझा बिसौनी ।