उत्तर आधुनिकवादभित्र मडारिएको नेपाली जीवनशैली

डम्बरबहादुर खत्री
उत्तरआधुनिकवाद सर्वव्यापक विचार हो जसको विश्व मानव समुदायले प्रयोग गर्दछन् हामी पनि तिनैबाट प्रेरित छौं । यसमा हाम्रो मात्र मौलिक व्याख्या छैन विश्वको छ केवल हामीले हाम्रो रङबाट हेर्ने गरेका छौं । यसको विश्वव्यापी प्रभावलाई मानव जीवनको अनेक व्यवहारिक कसीमा राखेर प्रयोग भइआएको देखिन्छ । उत्तरआधुनिकतावादका वैचारिक मार्गदर्शक फ्रेडिक नित्से (१८४४–१९००) भए पनि यस धारणाका पर्वतक ज्याक डेरिडर (१९३०–२००४) नै मानिन्छन् । नित्सेको यस विचारलास व्यवहारमा ल्याउन उनको मृत्युपछि आधार शताब्दी लाग्यो, त्यस विचारको गहिराइ, पत्ता लगाउन डेरिडासँगै लुइ आल्थुजर, लाकाँ, रोलाँवार्ट, ल्योतार, मिसेल फुको, बोद्धियार गायत्री स्पिभाक आदिको योगदान अग्रणी मानिन्छ । उत्तरआधुनिकतावाद मानव जीवन व्यवहार, कला संस्कृति, साहित्य, दर्शन, विज्ञान, भूगोक, इतिहास, चिकित्सा शिक्षा, सङ्गीत नाटक आदि मानव अध्ययनका विविध क्षेत्रमा भएको मौजुदा स्थिति माथिको आमूल विच्छेद हो । यसको वैचारिक सीमा जहाँ जन्मियो त्यही रही रहँदैन यो साझा विचारका रूपमा सर्वत्र यात्रा गर्दछ अझैं आज जन्मिएका नयाँ चिन्तन र विचारलाई साइवर जगतले एकै छिनमा सर्वत्र पु¥याउँदा रहेछ । सबै क्षेत्रलाई टेक्नोसाइन्सले छोपेको छ । विश्व साइवरीकृत भएर मानव जीवन शैलीलाई कर्मलाई परिमार्जित गराएको छ । समकालीन जीवन र जगतलाई नयाँ सोच, वैकल्पिकता नयाँ सिर्जनामा एक्कासी उभ्याएको छ । ग्लोबल प्रविधिका सामु पुराना विचार, जीवन दर्शन, कला, साहित्य, सङ्गीत, जीवन जिउने पद्धति एक्कासी फेरिएको छ यही बर्बरतामा नेपाली जीवनशैलीले पनि फट्को मारेको छ । उत्तरआधुनिक विचारशैलीभित्र रहेका निम्न सैद्धान्तिक धरातलमा टेकेर नेपालीहरूको जीवनशैलीले पनि विश्व मानव समुदायलाई पछ्याएको छ । 
विनिर्माणवादी सिद्धान्तले फेरिएको जीवनशैलीः 
मानिसभित्र गुम्सिएका विचारको विस्फोटन र पुनव्र्याख्या गर्नु, पुराना सोचलाई उल्टाउनु, उच्छेदित गर्नु वा परिस्थिति वस सच्याउनु र सोही आधारमा जीवन जगतलाई सञ्चालन गर्नु विनिर्माणवादी शैली हो । यसले विचारको समालोचना, संशोधन र पुनर्निर्माण गर्न लगाउँछ जसबाट आपसे आप जीवन जिउने पद्धति सच्चिने रहेछ । यसले कटु सत्य, अपरिवर्तनीय नियम, जडशत्रुवादी कट्टरताबाट जीवन पद्दतिलाई सीमित गर्न दिंदो रहेनछ, आफू बाहेक अरुमाथि उज्यालो नदेख्ने डग्म्याटिजम नामको रोगलाई निर्मूल गर्न खोज्दो रहेछ । पुरानै जीवनशैली थोपर्ने यस प्रकारको विचारबाट बनेका धार्मिक, सांस्कृतिक, जातीय, राजनैतिक, भाषिक एम् भेषभूषाजन्य नीतिनियमभित्र अनेक प्रकारका अपूर्णता (ग्याप) भेटिदा रहेछन्, नयाँ सत्य ओझेलमा पार्न खोजिदो रहेछ यसैलाई उल्ट्याउनु सच्याउनु एवम् झल्काउनु विनिर्माणवादी स्थिति रहेछ यसैलाई थिति बसाल्न सिकाउने विचारले आज नेपाली समाज र जीवनशैली ह्वात्तै फेरेको छ । जसले गर्दा साग नखाने बानी फेरियो, भेषभूषा फेरिए विश्वव्यापक भाषाका शब्द मिसिए, डान्सवार, मल र नयाँ सपिङ सेन्टर प्रयोग हुनथाले, घरका आकार बदलिए घरभित्रै देवताका मन्दिर र आची गर्ने ठाउँ बनाउन थालियो । महिलाहरू सेना प्रहरी हुने जागिर चल्यो, गृहणी सीपबाट उक्लिएर नोकरी, विदेश गएर जागिर खाने र राजनैतिक गर्ने लहर चल्यो । हजारौं वर्षपछि आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुनी व्यवस्था भयो । चिटिक्क पर्ने गरी साझा लुगा लगाए हुने भयो । महिलालाई लगाएको बार भत्काएर सैन्य, मिलिसिया, उड्डयान, कानुन र राजनैतिक क्षेत्रका नयाँ कार्यमा लगाउन थालियो, नयाँ शक्ति केन्द्र बन्ने चेतना आउन थाल्यो मार्जिनलहरू जुर्मुराए, आफ्नो अधिकारप्रति सडक तताएर भए पनि समावेशी शक्तिले केन्द्र फेरियो, माइनोरिटी मानवअधिकार हरेक क्षेत्रमा सल्बलाएर जाग्यो । 
साइवरीय सिद्धान्तसँगै गासिएको जीवनशैलीः 
आज साइवर टेक्नोलोजीको प्रयोगले पहिलेदेखि चल्तीमा रहेका मानव जीवनशैली, अवधारणा उल्टिइसकेका छन् । ह्युमन अर्गानिजम् र साइवरबीच जटिल रूपमा अनुरूपण (सिक्युलेसन) हुन थालेको छ । यही मिलनबाट साइवर संस्कृति जन्मेको छ । मानवीय विचार, सव्यता र अनुभूतिको रुढतालाई बदलेर व्यक्ति, समय र स्थान परोक्ष प्रतिस्थापित गर्न साइवर जगत पछि परेन ल्य त्चगतज ष्क ँष्लब िलाई मूल नारा मानेर मानिसले हिजो जे ठोनको थियो त्यो आज रहेन । बजारमा चामल किन्नुको लज्जता उल्टिएको छ बरु बजारको उपयोग नगर्नु लज्जता भएको छ । वेवसाइट र अनलाइन लिट्रेचरले भाषा फेरिएको छ, साहित्य र संस्कार फेरिएको छ, घरपरिवार, नाता कुटुम्बको साइनो चाख्लिएको छ, गरिखाने पेसा व्यवसाय फेरिएका छन्, शरीर ढाक्ने फेसन फेरिएको छ, बाबा आमाको डेडी र ममी केन्द्रित भएको छ फास्टफूडले ढिँडो र खोले खुराकलाई प्रतिस्थापित गरी दिएको छ । हिजो हामीले सदियौंदेखि गरी आएका जीवन व्यवहार कति निन्दनीय र सरमलाग्दा भएका छन्, हजारौं वर्षदेखि पूँजी आएका धारणा र विश्वासका ठाउँमा नयाँ विकल्प र सोच आएका छन् । हिजो किनारिएका मार्जिनल व्यक्तिले केन्द्र खोजेका छन्, पुरानालाई भत्काएर वा रिपेयर गरेर नयाँ शैलीमा बाँच्नु (विनिर्माणवादी) आज साइवर टेक्निकको उपागम नै हो । फेसबुक, अनलाइन, युट्युब र गुगल नेटवर्कले सामाजिक संरचनामा नै हेरफेर गरेर मानव अनुभूतिमा गतिशील चाल ल्याइदिएको छ । आज त्यसमा ऐटेच नहुने मानिस प्रायः यति भएर बाँच्न पर्ने स्थिति छ । त्यसैले संसारका युवा युवती यही जनजीवनका भासमा फसेका छन्, जसमा नेपाली जीवनशैली पनि सँगसँगै लरबराएको छ । 
बहुलता, विविधता र अपखण्डताबाट उठेको जीवनशैली 
उत्तर आधुनिकताले मानव जीवन व्यवहारमा स्थिरता र एकलताको विरोध गर्दछ । किनकि यसमा अधिनायक इच्छाहरू स्थापित हुन्छन् त्यसबाट मुक्ति दिएर यथास्थितिको साटो नयाँ विचार र व्यवहारको जन्म गराउनु उत्तरआधुनिकतावादको लक्ष्य हो । यथास्थितिवादी संरचनात्मक सोच आलोचित छ, शास्त्रीयताबाट बनेको, वर्गीकृत भएको जगत गलत सावित भएको छ, पुरुष र स्त्रीजन्य जीवन व्यवहार बदलिएका छन् । पेसा व्यवसाय बदलिएका छन्, मार्जिनल विश्वतर्फ हेर्दा छेलिएका विचार कर्म, पेशा, धर्म र वर्गीकरणका श्रेणी चिरिएका छन् । यही बहुलता र विविधता पूर्ण तथ्यलाई स्वीकार गरेर मानव जीवनको सहअस्तित्व स्थापित भएको छ । यही नविनताको विश्व बताससँगै मानव जीवनशैली बदल्नसक्नु नै उत्तरआधुनिक छातामा बसेर नयाँ काम गर्नु हो ।
मानव जीवनशैली नियम, विचार र इच्छाहरूलाई एकत्वले बाध्न सक्दैन त्यसैले मानव बुद्धि र विचारभित्र वर्णशंकरताले छाएको हो । उन्नति प्रगतिको पूर्णता मिथ्या हो, बरु हाइपरटेक्स्ट (एक विचारमा अनेक विचार पस्ने) विचारले अपूर्णता र अपखण्डन गराइ राख्ने, क्रम भङ्गता खोजिरहने शैलीले मानव विकास हँुदा रहेछ, मार्जिनल समाजको कदर हुँदो रहेछ । सबै प्रकारका अधिनायक र सर्वसत्तात्मक सोचको अन्त्य हुनका लागि अपखण्डता आवश्यक हुँदो रहेछ जडशत्रुवादी धर्म, राजनीति, दर्शन, शिक्षा, कला साहित्य, संस्कारले एकरूपबाट सधैं भरी निसासिने गरी किचिरह्यो भने मानव प्रगतिमा भोटे ताल्चा लाग्दो रहेछ त्यसैले उत्तरआधुनिकतावादीले जे सिद्धान्त लिएको छ यसै विचारले व्यक्ति, समाज निर्बन्ध भएको छ, उपेक्षित अतितबाट पाखा लागेको छ । सर्वसत्तावादबाट उम्किएर मानव कल्याण र स्वतन्त्रताले जरा गाड्न पाएको छ । आज हजारौं वर्षको मानव सभ्यता परिस्कृत हुँदै गएको छ । त्यसैले अपखण्डन पूर्णतारूपी भ्रमको विरुद्ध लाग्दछ जसले मानव विचार दर्शनलाई निर्माणाधीन देख्छ, मानव जीवनशैलीलाई प्रत्येक पल नयाँ र फेरिइरहने स्वरूपमा हेर्दछ । यो दर्शनले विचार, विज्ञान र प्रगति टुङ्गोमा पुग्यो भन्ने मान्यतालाई स्वीकार गर्दैन, मानव दृष्टि रहुन्जेल पुरानो फेरिने नयाँ आउने उपक्रम नित्य रहिरहन्छ । मानव कल्याणका यी सोचहरूमा नयाँ कलमी विचार गाँसिएका छन् त्यसलाई राम्रो पूर्ण बनाउने यात्रा चलिरहन्छन तर टुङ्गिदैन यही अपखण्डित यात्राले मानव जीवनशैली फेरिइरहन्छ त्यसैले यो गतिको निरन्तरतासँगै लयबद्ध भएर नेपाली जीवनशैली पनि प्रभावित भएको छ । आज मानव विचारमा उथलपुथल भएका समावेशी सोच, चिन्तनबाट मुक्तिको कामना, स्वतन्त्रताको चाहना, अवसरमा सहभागिता सहज जीवनशैली नेपाली समाजभित्रका बहुलकेन्द्रित सोच हुन् । यिनी सोचका कारण नेपाली जीवनशैलीभित्र ब्रम्हाण्डीकरण भएको हो । जसलाई आजको साइवर सञ्जालले टेवा पु¥याएको छ ।