इतिहासको अवमूल्यन
नेपाल राज्यको उत्पत्ति र अस्तित्वका फरक पृष्ठभूमि रहेका छन् । टुक्राटुक्रामा विभाजित भएको मुलुकलाई एकताबद्ध बनाउनका लागि हाम्रा पुर्खाहरूले निकै त्याग र बलिदान गरेका छन् । नेपालको वर्तमान स्वरूपमा र आधुनिक राज्यको चाहनासहित नेपाल राज्यलाई अस्तित्वमा ल्याउने निर्णायक नेतृत्व तत्कालीन श्री ५ बडामहाराज पृथ्वीनारायण शाहले गरेका हुन् र त्यो अभियानको सफलताका कारण नेपाल अस्तित्वमा आएको हो र नेपालीहरूले आफ्नो राष्ट्रिय पहिचान पाएका हुन् । त्यसपछिको इतिहास र परिस्थितिमा नेपालले आफ्नो महŒवपूर्ण भू–भाग वेस्ट इन्डिया कम्पनीसँग युद्धमा गुमाए पनि नेपाली शासकहरूले गुलामी स्वीकारेनन्, चारैतिरका मुलुकहरू उपनिवेश बन्दा पनि । यो हाम्रो पुर्खाहरूको योगदानको परिणाम नै हो । बेलायतसँग समान हैसियतको सम्बन्ध राख्यो नेपालले र त्यो मित्रताको दुई सय वर्ष अहिले मनाइँदैछ । विश्ययुद्धदेखि फकल्यान्ड युद्धसम्म वीर गोरखाहरूले बेलायतको भौगोलिक अखण्डताको रक्षा र विस्तारमा रगत बगाएका छन्, त्यस भूमिकाप्रति बेलायती नैतिकता र मान्यताले कस्तो मूल्याङ्कन गर्ला, त्यो उसको विवेक र राष्ट्रियताबाट निर्देशित होला ।तर जंगबहादुरले रानी भिक्टोरियालाई भनेजस्तै नेपालीहरू (दिने) जातका हुन (माग्ने) या (लिने) जातका हैनन् । त्यस अर्थमा नेपालले आफ्नो इतिहासबारे गर्व गर्ने प्रशस्त ठाउँ छ । हो, इतिहासको त्यो हैसियतसँग मिल्दो वर्तमान र भविष्य निर्माणमा नेपालको पछिल्लो र वर्तमान नेतृत्वपंक्ति तथा पुस्ता चुकेको छ ।
इतिहासबाट राम्रा शिक्षा ग्रहण गर्दै असफलताबाट सिक्छ, वर्तमानले । इतिहास तथा राष्ट्र निर्माताहरूप्रति कृतज्ञ रहन्छ, वर्तमान । इतिहासप्रति कृतघ्न वर्तमानले पुस्तापुस्ताबीच सम्बन्धविच्छेद र वैमनस्य उत्पन्न गराउँछ । इतिहासप्रतिको अपमानले सामूहिक राष्ट्रिय सोच, उत्तरदायित्व र अपनत्वको भावनामा चोट पु¥याउँछ । २०६२÷६३ को आन्दोलनको क्षणिक सफलताको नसामा चुर गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले इतिहाससँग मात्र हैन, यो राष्ट्रको एकता र एकीकरणको अध्याय अनि भावनाप्रति अभूतपूर्व गद्दारी ग¥यो । गृहमन्त्री रहेका कृष्णप्रसाद सिटौलाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्व तथा सार्वजनिक समारोहको हैसियतबाट वञ्चित गरे । नेपालको जन्म र अस्तित्व २०६३ वैशाख पूर्व थिएन कि भन्ने भ्रम सिर्जना गर्ने प्रयास ग¥यो, त्यो सरकारले । त्यतिमात्र हैन, जातीयता र जातीय राज्यको कल्पना र विखण्डनको अभियानमा विदेशी पैसाको खोलो बगाउने काम सुरु भयो त्यसपछि । पृथ्वीनारायण शाहले पराजय गरेका विदेशी शक्तिहरूका वर्तमान अवशेष विविध प्रगतिशील लोकतान्त्रिक, क्रान्तिकारी, अग्रगामी र परिवर्तनका अभिभावकका रूपमा देखा पर्न थाले । नेपालमा नारागत हिसाबले ‘अग्रगमन’ माथि एकाधिकार जमाएका त्यसबेलाका आठ राजनीतिक दलका नेतृत्वसँगको साँठगाँठबाट नेपालको इतिहास कुनै हिसाबले गौरव गर्नलायक छैन भन्ने सन्देश जान थाल्यो, मुलुकमा ।
परिवर्तन र अग्रगमन समाजको नियम हो, तर त्यो परिवर्तन राष्ट्रियकता र राष्ट्रिय अनि सार्वभौम अस्तित्वको मूल्यमा स्वीकार्य हुँदैन । त्यसका प्रतिकात्मक मूल्य र व्यक्तित्वमाथिको सम्झौता पनि स्वीकार्य हुँदैन, त्यस अर्थमा । पृथ्वीनारायण शाहले आधुनिक राज्यको भौतिक निर्माण मात्र गरेनन्, एउटा सहभागितामूलक ‘चार वर्ण ३६ जातको साझा फूलबारी’ को कल्पना गरे । दरबारको स्थायित्वका लागि जनताको समृद्धिलाई पूर्वसर्त माने । सावर्जनिक जीवनको शुद्धताको आधारस्वरूप (घुस लिन्या र दिन्या) दुवैलाई राष्ट्रका शत्रु माने । नेपालको राजनीतिक तथा भूसामरिक महŒव बुझ्दै दुई ढुङ्गाको तरुलजस्तो संवेदनशील छिमेक नीतिको कल्पना गरे । नेपाल राज्य निर्माणप्रति प्रशस्त गर्व गर्नुपर्ने उदाहरण बने उनी । होला, इतिहासको कुनै कालखण्डमा उनलाई र उनले नेतृत्व गरेको एकीकरणलाई चुनौती दिन केही तत्वहरूको बाध्यता बन्यो होला । तर त्यसलाई सुधार्नु आजको सरकार र समाजको दायित्व र राष्ट्रिय कर्तव्य बन्न आएको छ ।
साझा बिसौनी संवाददाता ।