कन्य च्याउ खेती

सजोर काजु र ओष्ट्राटस गरी दुई जातको कन्ये च्याउ पाइन्छ र खेती पनि गरिन्छ । कन्य च्यनउको खेती परालमा गरिन्छ । तर पराल बाहेक मकैको खोया, खोस्टा काठको धुलोमा पनि गर्न सकिन्छ । यसको लागि तापक्रम २०–३० डिग्रि सेल्सस र सापेक्षित आद्ररता ८० प्रतिशत हुनुपर्छ । भौगोलिक दृष्टिकोणले ८००–१४०० मिटर उचाइ भएको ठाउँमा माघ महिनादेखि कार्तिक महिनासम्म र सो भन्दा कम उचाई भएको स्थान जस्तै तराईमा कार्तिकदेखि माघसम्म यसको खेती सफल हुनेछ । 
क. आवश्यक सामग्री ः 
(१) ड्रम बा फोसी पोटास 
(२) प्लाष्टिक बाटा र बाल्टिन
(३) भुर्सा काट्ने कैंची
४) मट्टितेल स्टचोभ वा चुल्हो 
(५) प्लाष्टिक सीट
(६) प्लाष्टिक ब्याग 
(७) पराल
(८) च्याउको बीउ
ख. खेती गर्न तरीका 
कन्ये च्याउ खेती गर्नको लागि सफा र राम्रो कुन्यु लगाएको पराल हुनु पदर्छ । परालमा हरियोपन भएको खण्डमा ढुसी फैलने हुँदा गाह्रो पर्दछ । आफूलाई चाहिने जति राम्रो पराल जोखिसकेपछि करिब २–३ इन्च लामो टुक्रा पार्नुपर्छ । यो पराल टुक्रा पार्नको लागि भुर्सा काट्ने कैंची (चुलेसी) प्रयोग गर्न सकिन्छ । टुक्रा पारेको पराललाई कमसेकम दुई घण्टासम्म सफा पानीमा भिजाउनुपर्छ अर्थात् रातभरी भिजाए पनि हुन्छ । भिजाइसकेको पराललाई ठूलो बाटा वा भाडोमा सफा पानी राखी राम्रोसँग पखाल्नु पदर्छ । पखाल्दा पखाल्दै पानी धमिलो भने भने फेरि सफा पानी फेर्न पदर्छ । यसरी पखालिसकेपछि परालको पानी तर्क दिन २–४ घण्टा राख्नु पर्दछ ।
परालबाट पानी तर्काउनको लागि १ मिटरमा काठको फ्रेम राखेर बनाइ त्यो जाली भुइँबाट उठाइ भुइँमा नछुने गरी राख्नु पर्छ र त्यस माथि भिजेको पराल रार्दा पानी चाँडै तर्किन्छ । पानी तर्काइसकेको पराललाई हत्केलामा एकमुठ्ठी लिइ थिचेर हेर्दा यदि पानीका थोपाहरू ननिस्की खाली हत्केला मात्र भिज्यो भने त्यसमा पानीको मात्रा ठीक रहेछ भनि यकिन गर्नसकिन्छ यदि पानीको थोपाहरू धेरै निस्केको देखियो भने त्यसलाई अरु १–२ घण्टा पानी तर्काउन राख्नुपर्छ ।
ग. पराल बफाउने तरिका 
पराल बफाउनेको लागि ड्रम अथवा माटोको पोटासी प्रयोग गर्नु पर्दछ । ड्रममा तल पट्टी ६ इन्चसम्म पानी राखी त्यसमा ३–४ वटा इट्टा ठड्याएर राख्ने । अनि त्यसको माथि जाली अथवा प्वाल प्वाल परेको चर्का राख्नुपर्छ । अनि मात्र परालले ड्रम भर्नु पर्दछ । ड्रमको मुखमा प्लाष्टिकले राम्रोसँग छोपेर डोरीले 
बाँध्नुपर्छ । ड्रमको माथिबाट वाफ आउन थालेपछि कम से कम आधा घण्टा (३०मिनेट) सम्म पराललाई बफाउनु पर्दछ । यसरी बफाउँदा परालमा भएका हानिकारक कीरा र जीवाणुहरू नष्ट हुन्छन् । बफाएको पराललाई चिसो नहुँदै प्लाष्टिकको धोक्रामा वा ड्रममा नै राखेर चिसो पार्नुपर्दछ । 
घ. रोप्ने तरिका
कन्ये च्याउ रोप्नको लागि प्लाष्टिकको १२ देखि २६ अथवा १६ देखि २६ (इन्च) साइजको थैला लिनुपर्छ । च्याउँको बीऊ प्लाष्टिकको थैलामा रोप्दा एक तह पराल, एक तह बीऊ राख्दै हातले बेसरी थिच्दै जानुपदर्छ वा बीऊ र पराल मिसाएर थैला भरेको खण्डमा पनि राम्रै हुन्छ । थैला भरिसकेपछि यसको मुख सुत्तलीको धागोले बाँध्नुपर्दछ । यसमा ४ औंलाको फरकमा प्वाल पार्नुपर्दछ । साथै प्वालहरू पूरा खोलेको हुनुपर्दछ । अर्काे तरिका, बीउ रोपेपछि चक्कुले ठाउँ–ठाउँमा क्रस अथवा घर्साे गरी काटन पनि सकिन्छ । यो बीऊ रोपेको पोकालाई अँध्यारो कोठामा ३ हप्तासम्म राख्नु पर्दछ । यस बेला कोठाको तापक्रम २२–२५ डिग्री सेल्सस हुनुपर्छ । ३ हप्ताभित्र च्याउको ढुसी परालमा फैलिएर सेतो हुन्छ । यसपछि प्लाष्टिक च्यातेर सेतो डल्लालाई भुइँमा वा ¥यागमा राख्नुपर्दछ । भुइँमा राख्दा वा काठको फ्ल्याक तलतिर राखी एक–एक वित्ता फरक गरी लाइनमा राख्नुपदर्छ । दिनको २–३ पटकसम्म मसिनो फोहरा जस्तै गरी सफा पानी डल्ला मात्र भिज्ने गरी छर्कनुपर्दछ । 
पानीको मात्रा परालको डल्लामा भन्दा डल्लाको वरिपरि बढी हुनुपर्छ । यस समयमा कोठाको तापक्रम २०–३० डिग्री सेल्सियस हुनुपर्छ । सजोरकाजु जातको कन्ये च्याउमा पानी दिएको ठीक ४–५ दिनपछि साना–साना कनिका जस्तो च्याउहरू 
देखापर्छ । यसको ३–४ दिनमा नै च्याउ टिप्ने बेला हुन्छ । यसबेला कोठामा हावाको सञ्चालन राम्रो हुनुपर्छ र कोठाको झ्याल ढोका खोली उज्यालो पार्नुपर्दछ । यसरी एक पटक च्याउ टिपेपछि अर्काे ७–१० दिनसम्म पानी हाल्दै गर्नुपर्छ । त्यतिबेला अर्काे च्याउ आउँछ र दोस्रो पटकको च्याउ टिप्ने बेला हुन्छ । त्यस्तै गरी अर्काे १० दिनपछि तेस्रो पटक च्याउ टिप्न सकिन्छ । व्यापारिक दृष्टिकोणले तीन पटकसम्म मात्र च्याउ टिप्नु फाइदा जनक हुन्छ । ओष्ट्राटस जातको कन्ये च्याउ झुप्रा–झुप्रा गरेर एक पछि अर्काे गर्दै लगातार आइरहन्छ । च्याउ आउने अवधि ३५ दिनदेखि ९० दिनसम्म हुनेछ । यसरी च्याउ खेती गर्दा एक केजी परालबाट सालाखाला ५००–६०० ग्रामसम्म ताजा च्याउ उत्पादन हुन्छ । प्रविधि राम्रोसँग अपनाएको खण्डमा यो भन्दा बढी उत्पादन हुनेछ । कहिले काहीं १०० प्रतिशत नै उत्पादन आउँछ  । 
खेती गर्दा आइपर्ने समस्या र त्यसको समाधान 
च्याउ खेती गर्दा बेला–बेलामा मसिनो झिंगा, सुलसुले, कालोकीरा आदि लाग्न सक्छ । ती कीराहरू लागेमा नुभान औषधि एक लिटर पानीमा एकदेखि आधा मिलिलिटर राखेर छर्कनुपर्दछ । तर च्याउँ आइरहेको बेलामा भने छर्कनु हुँदैन, छर्कको खण्डमा च्याउँ खुम्चेर गइ उत्पादन कम हुनेछ ।
प्रकाशित मितिः   २९ पुष २०७२, बुधबार १२:००