युवा गैसस महासंघमा आचार्य

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ चैत । 
युवा गैरसरकारी संस्था महासंघ जिल्ला शाखा सुर्खेतको अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो जिल्ला भेलाले आचार्यको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 
समितिको उपाध्यक्षमा विकासका लागि युवा संस्थाका रवि चन्द, सचिवमा जनसन्देश युवा क्लबका गगनसिंह ठकुरी, सहसचिवमा एकता फाउण्डेसनका डिलमाया खड्का र कोषाध्यक्षमा विकासका लागि सूचना मञ्चका रेखा खत्री चयन भएका छन् । त्यस्तै सदस्यहरूमा जनप्रिय युवा क्लबका कमल वाग्ले र सनलाइट स्पोर्टस् क्लबका दर्शन खत्री चयन भएका छन् । अन्य चार सदस्य पछि मनोनित गरिने महासंघले जनाएको छ । 
कार्यक्रम युवा गैरसरकारी संस्था महांसघ केन्द्रीय सदस्य प्रेम विकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलामा बोल्दै केन्द्रीय सदस्य विकले महासंघलाई युवाहरूको हकअधिकारको वकालत गर्दै युवा संस्थाहरूको आन्तरिक सुदृढीकरणमा सहयोग गर्न आग्रह गरे । भेलामा जिल्लामा क्रियाशील विभिन्न युवा संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः   २८ चैत्र २०७२, आईतवार ११:००