देउतीद्वारा नगर सरसफाइ

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ चैत्र ।
देउती टेक्निकल ट्रेनिङ्ग इन्ष्टिच्यूट एण्ड देउती इन्जिनियरिङ्ग कलेजको आयोजनामा शनिवार वीरेन्द्रनगरमा नगर सरसफाइ कार्यक्रम भएको छ । गणेशचौकदेखि राममन्दिर हुँदै वीरेन्द्रचोकसम्म सरसफाइ गरिएको हो । 
सरसफाइ कार्यक्रममा उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारी, कलेजका अध्यक्ष उपेन्द्र खड्का र प्रिन्सिपल ताराराज अधिकारी लगायत दुई सय जनाको उपस्थिति रहेको थियो । 
साथै सरसफाइ कार्यक्रममा शिक्षालयका ल्याब असिष्टेन्ट, अमिन, इलेक्ट्रिकल सव–ओभरसियर, भेटेरेनरी र सिभिल सव–ओभरसियरका विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो ।