जेपीको वार्षिकोत्सव

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ चैत । 
जेपी स्कुलको १३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ । उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यामराज गिरीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 
सोही अवसरमा महिला अभिभावक गौमती गन्द्रमा र कृष्णबहादुर खड्कालाई सम्मान गर्नुको साथै उत्कृष्ट विद्यार्थी विवेक बोगटीलाई दुई हजार नगदसहित सम्मानपत्र वितरण गरिएको थियो । 
साथै ११ सदस्यीय अभिभावक संघ पनि गठन गरिएको छ । जसको अध्यक्षमा सरस्वती गौतम, उपाध्यक्षमा माधव धमला तथा सदस्यहरूमा रत्ना अधिकारी, भुवनेश्वरी खड्का, सावित्रा लोहनी, विमल सुनार, दीक्षा आचार्य, तीर्था पौडेल, तुल्सी रिजाल, देवी भण्डारी चयन भएका छन् । कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले व्यवहारिक शिक्षा प्रदान गर्नेतर्फ ध्यान दिन विद्यालयलाई सुझाव दिएका थिए । 
प्रकाशित मितिः   २८ चैत्र २०७२, आईतवार ११:०४