वाणिज्य संघको क्षेत्रीय भेला

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ चैत ।
नेपाल राष्ट्रिय वाणिज्य संघ सुर्खेत जिल्ला क्षेत्र नं. ३ को प्रथम भेला शनिवार गुटुमा सम्पन्न भएको छ । भेलाले विष्णुप्रसाद खरालको अध्यक्षतामा क्षेत्रीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रत्नबहादुर दर्लामी, सचिवमा अम्बर बिसी, सह–सचिवमा ज्वाला रिजाल र कोषाध्यक्षमा प्रेमकुमार पौडेल सर्वसम्मत् चयन भएका छन् । यस्तै सदस्यहरूमा गगन राम्जाली, बमबहादुर रोकाय, तेजेन्द्र बयक, अर्जुन बम, नरहरि कँडेल, यामलाल अधिकारी, टपेन्द्र अधिकारी र गणेश राना चयन भएको नेपाल राष्ट्रिय वाणिज्य संघ सुर्खेतका सचिव अर्जुनजंग शाहीले जानकारी दिए । 
संघ सुर्खेतका अध्यक्ष खेमराज रावतको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सचिव मोहनसिंह बडुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा संघका केन्द्रीय सदस्य विष्णुबहादुर शाही, हरिप्रसाद अधिकारी र पद्मा खड्का लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः   २८ चैत्र २०७२, आईतवार १०:५९