इलाइट, भ्याली म्यारिडियम, श्रीकृष्ण र जनमावी विजयी

सुर्खेत, २६ जेठ
सुर्खेतमा पहिलो पटक फुटसल प्रतियोगिता बिहीवार भएको खेलमा सिनियर छात्रातर्फको खेलमा कोपीला भ्याली इलाइट मावि ११–१ फराकिलो गोल अन्तरले पराजित भएको छ ।

यस्तै सिनियर छात्रहरुमा भ्याली म्यारेडियम स्कुलले पब्लिक एकेडेमीलाई ३–२ गोल अन्तरले हराएको छ भने श्रीकृष्ण संस्कृत माविले इमान्युयल स्कुललाई १–० ले पराजित गरेको छ । यसैगरी हार्भेष्टमुनी जन माविसँग ५–२ ले पराजित भएको छ । सिनियर केटाहरुमा इलाइट विद्याज्योतिसँग ३–१ ले विजयी भएको छ ।
आज हुने खेलमा सिनियर छात्रामा सेडा र एसओएस भिदै छने भने सिनियर छात्रहरुमा सेडा र डिभी निकेतन, शिव मा िर सुप्रिम एकेडेमी तथा कोपिला भ्याली र यज्ञपिस एकेडेमी भिड्दैछन् ।