व्यवस्थापिका संसद् बैठक सुरु, शीर्ष नेताहरुले सम्बोधन गर्ने

व्यवस्थापिका संसद्को बैठक सुरु भएको छ । संसद्को बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

 सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको शीर्ष नेताहरुको बैठकमा मंगलबार हुने प्रधानमन्त्री निर्वाचन प्रक्रिया नरोक्न प्रमुख प्रतिपक्ष एमाले सहमत भएको थियो ।

मंगलबार दुई वटा बैठक राख्ने र पहिलो बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने सहमति भएको थियो । त्यसपछि दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुने सहमति भएको थियो ।

प्रमुख तीन दलको सहमतिसँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ।

प्रधानमन्त्रीका लागि देउवाको मात्रै उम्मेद्वारी परेको छ । प्रधानमन्त्री चयन प्रक्रियालाई नरोक्ने सहमति भएको तीनै दलका नेताहरुले बताएका छन्।

 

प्रकाशित मितिः   २३ जेष्ठ २०७४, मंगलवार १३:५४