चिङ्गाड गाउँपालिका विकासको सम्भावना

विकास एक्लै सम्पन्न हुने काम होइन । प्रकृति, संस्कृति, राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा उच्च उत्पादन क्षमताको जनशक्ति अनि आदर्श, समर्पणविना र एकताविना विकास असम्भव प्रायः विषय हो । सडक पूर्वाधार विकासको मूल आधारस्तम्भ हो । कुनै पनि विशिष्ट क्षेत्रको विकासका आ–आफ्नै सामथ्र्यहरू हुन्छन् । यिनै सामथ्र्यहरू नै सम्भावनाहरू हुन् ।
भर्खरै हाम्रो क्षेत्रमा स्थानीय तहको सरकारको गठन भएको छ । प्रजातन्त्रको मूल प्राण मानिएको निर्वाचनका माध्यमबाट गठन हुने सरकार बनिसकेको छ । यसअघि निर्वाचनका माध्यमबाट सरकार बनाउन विभिन्न पार्टीहरूले आ–आफ्नो उम्मेदवार, घोषणापत्र, प्रतिबद्धतापत्र, नारा बनाएर जनताबीच पस्कने प्रयास गरेका हुन् । खासगरी सुर्खेतका चिङ्गाड गाउँपालिकामा क्रियाशील नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका घोषणपत्रहरू छ्याप्छ्याप्ती बाँडिएका थिए । यिनै पत्रहरूका जगमा तथा अवलोकन भ्रमणका आधारबाट चिङ्गाड गाउँपालिकाको विकास गरी जनताको समृद्धिमा कसरी सहयोग गरिएला यिनै विषयमा यो लेख केन्द्रित रहेको छ ।
१. पाम्का, रानीवास, रजेना, अवलचिङ्ग र मेटला चिङ्गाडका प्रमुख किसानी बस्तीहरू हुन् । गाइगोरु, भैंसी, बाख्रा यहाँका प्रमुख पशुवस्तुहरू हुन् । कुखुरापालन लगायत अन्य पालनमा चिङ्गाडले प्रवेश पाउँदैछ । केरा, चुक, कागती, आरुवखडा, सुन्तला, आरु, अम्बा, चिङ्गाडका प्रमुख फलफूलहरू हुन् । कृषि व्यवसाय यहाँको परम्पारित मूल व्यवसाय हो । साविकका गाविसका कार्यालय वरपर रहेका बजारहरू यहाँ प्रमुख बजार भए पनि मटेला बजार सबैभन्दा ठुलो तर धरमपोखरा सबभन्दा पुरानो हो । यसको विसकामा नै चिङ्गाडको अनुहार अडिएको छ । यी वस्तीहरूको विकसितका लागि सडक पहिलो मेरुदण्ड हो । यसर्थ धरमपोखरा अलचिङ्ग–रजेना–रानीबास–मटेला सडकको स्तरोन्नतिमा जनताको अनुहार समृद्ध बन्नसक्छ । आरनटुंडा–ढाँडखेत–जाजरकोटको थाला रैकर प्रस्तावित मोटरबाटो पहिलो आवश्यकता हो । यस सडकलाई चिङ्गाडको हटलाइनका रूपमा विकास गर्नु आधारभूत विकास हो । एमालेले आफ्नो घोषणापत्रमा पाम्का–विरखम्मा–धरमपोखरा–कोप्ची–कोरसिना–चिउँदुवा–चिप्लाकाँदा–काडाँपोखरी–जितेजुवा–दह–छेत्रेबाझ हुँदै चिङ्गाड खोला पुग्ने रोडलाई चिङ्गाडको रिङ्गरोडका रूपमा प्रस्तावित गरेको छ । हटलाइन निर्माण सम्पन्न गर्नुपर्ने कार्यभार चिङ्गाडको पहिलो दायित्व हो भने प्रस्तावित रिङ्गरोडसँग काममा पनि प्रत्येक मुख्य गाउँ जोड्ने सडकको निर्माण सम्पन्नताले जनताको समय, श्रम, साधन, मूल्य, बजार, बचेर अभिवृद्धि हुनेछ । जनताले फलाएका अर्गानिक फलफूल तरकारी, खाद्यान्नले उचित मूल्य पाउनु जनताको पहिलो मानवअधिकार हो । साविकका गाविसहरूलाई जोड्ने सडकको विकास त्यत्तिकै अनिवार्य अपरिहार्य विकास हो ।
२. नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधीन राष्ट्रिय प्रसारण लाइनको धमरपोखरासम्म ठड्याइएका पोलमा लाइन जोडी अवलचिङ्गसम्म सवस्टेशनको निर्माण चिङ्गाडको अतिआवश्यक विकास हो । प्रचूर सम्भाव्यता भएको चिङ्गाड खोलामा नै सम्भाव्यता अध्ययन गरी साना जलविद्युत तर बहुउद्देश्यीय बनाउनु अर्को थप आवश्यकता हो । यस्ता योजनामा मझौला आय भएका चिङ्गाडी जनताको नै लगानी भएमा योगदान, लगानी तथा अपनत्व बढ्दछ । सकभर स्थानीय जनशक्ति कै नेतृत्वमा निर्माण गर्दा सामथ्र्य, पहिचान, सिर्जनशीलता र ख्याति बढ्न
सक्छ । धरपोखरा, वीरखम्वा, चदुवा, काँडा जुगाड जस्ता ठाउँमा वायु ऊर्जाको अध्ययन पनि गर्न सकिनेछ भने चिङ्गाड खोलामा आधारित सबैतिर यस क्षेत्रकै पुरानो सभ्यता बोकेका पानीघट्टको स्तरोन्नति विद्युत उत्पादन गरेको खण्डमा चिङ्गाडले कम लगानीमा उच्च विद्युत उत्पादन गरी हिटर प्रयोग गरेको खण्डमा वनमा आश्रित ऊर्जाको प्रयोगको परम्पराको अन्त्य भइ वनजंगलको क्षमता अभिवृद्धि भइ उजाड चिङ्गाड हरियाली बन्नसक्छ ।
३. पर्यटनका सन्दर्भमा चिङ्गाड क्षेत्रले सुर्खेतकै मात्र हैन नेपालकै प्रतिनिधि क्षेत्र बन्नसक्ने औकात राख्दै छ । जैविक विविधता, सांस्कृतिक सम्पन्नता, सहयोगी र उदार र इमान्दार जनता, अत्याकर्षक भू–बनौट र अनुपम प्राकृतिक सुन्दरता अनि पहाडी अर्गानिक एतिहासिक–पुरातात्विक मानववस्ती तथा गुराँसे झरना पर्यटकका मन लोभ्याउने सामग्रीहरू हुन् । अर्गानिक उत्पादन थप शक्ति हो । नागवेली बहावको चिङ्गाड खोला र यसका सहायक खोलाले निर्माण गरेका भूगोल उपलब्धिपूर्ण बनेका छन् । दुश्यवलोकमा अति सम्पन्न चिङ्गाड क्षेत्रलाई अवलचिङ्गको भैरव मन्दिरबाट एकैपटक देख्न सकिन्छ । सुर्खेतकै सबभन्दा अग्लो स्थानमा अवस्थित मालिका क्षेत्रबाट सिस्नेहिमाल, अपि हिमाल, काञ्जिरोवा माछापुच्छ«े जस्ता सैयौं हिमालहरू यहाँबाट हेर्नसकिन्छ भने तराई मात्र हैन, लखनउ पनि देखिन्छ भनिएको छ । एकै स्थलबाट जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, बाँके, बर्दिया, अछाम जस्ता जिल्लाहरूलाई अवलोकन गर्न सक्नुले पर्यटकीय प्रमुख गन्तव्य स्थलको हैसियत निर्माण गरेको छ । मालिका मन्दिरले धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक महŒव बोक्दै आएको छ । घना जंगलबीचबाट निर्मित चिङ्गाड क्षेत्रमा घनभने गुफा, कँदरे गुफा, उत्तरगंगा जस्ता प्राकृतिक गुफाहरू पनि छन् । सोच्न नसकिने चट्टानका तहले रक गार्डेन, बुलिने भ्यूटावर, साहसिक वातावरणले प्रैदलयात्रा मिलनसार जनताले होमस्टेको सम्भावना पोखेका छन् । श्रमशील जनता सुर्खेतकै प्रतिनिधिमूलक जनताहरू हुन् भने यहाँबाट उत्पादिन जनशक्तिले विभिन्न स्थानमा गइ प्रतिष्ठित र कुशल नेतृत्व देखाएका छन् । यहाँका गर्रा, लहरे, पाखाहरू, छाप्रे, जन्ते, रतौलीले सांस्कृतिक पर्यटकको सम्भावना दिएका छन् भने विशिष्ट भाषाको प्रयोगले भाषिक अध्ययनलाई खुलाएका छन् । धामी, झाँक्री, डाइनी, नाचले भाषाले संस्कृतिकले विधि र परम्पराले थप अध्ययनता बढाउन सक्छ । पर्यटन सम्बन्धी अध्ययन अध्यापनलाई, फलफूल अध्ययनलाई चिङ्गाडमा बढाउँदा यस क्षेत्रको सम्मृद्धि बढ्नसक्छ । बाजागाजा, टोड्का, बुढीबजैनी, बान्नी, राक्सीले थप आकर्षण थपेका छन् ।
४. कृषि वन जडिबुढी, पशुपालन विकासमा चिङ्गाडको हाँसो अडिएको छ । शिक्षा, स्वास्थ्य सुरक्षा तथा अमनचयनमा चिङ्गाडको प्रशन्नता चुलिएको छ । खानेपाली अभावमा महिला प्रताडित मात्र छैनन् अधिकारमा समेत वञ्चित छन् । अन्धविश्वास तथा सामाजिक विकृत विसंगति चिङ्गाडको मूलमन्त्र हो । बेरोजगार, जातीय छुवाछुत थप समस्याका रूपमा देखिएका छन् इन्धन समस्या त्यस्तै रूपमा देखिएको छ । परम्परागत कृषि प्रणाली, पशुपालन, चिन्तन चिङ्गाडको प्रमुख समस्या हो । कृषि, पशुपालन, वनजंगल, जलस्रोतको परिचालनमा तालिमप्राप्त जनशक्ति छैन । किसान हेलाको पात्र बनेको छ । किसान उत्पादित सामग्री हेपको विषय बन्दैछ । सुकिलामुकिलालाई वडा मान्ने परम्परा छ । आयातित अशुद्ध अखाद्य खानाले जनस्वास्थ्य प्रतिकुल बढ्दो छ । चुरोट रक्सी सेवाले समाज आक्रान्त छ । यसकारण चिङ्गाडको समृद्धि भनेको नै किसानको समृद्धि हो । किसानको समृद्धि भनेको नै व्यवसायिक तालिम, उचित बजार, बजारको पहुँचता, शीलभण्डारण, डेरी संकलन, उच्च नश्ल जातका पशु वितरण, पशुबिमा, किसान बिमा, कृतिम गर्भाधानको व्यवस्था, सहकारी सञ्चालन, लघुतित्त सञ्चालन चिङ्गाडका प्रमुख मागहरू हुन् र आवश्यकताहरू हुन् । किसान पाठशाला चिङ्गाडको थप आवश्यकता हो । कृषिमा उच्च शिक्षा नै कृषिमा गुणस्तरीय, जनमुखी किसानमुखी शिक्षा आजको अपरिहार्यता हो ।
यसका अतिरिक्त पाम्का र अवलचिङ्गलाई अदुवा र बेसारको पकेट क्षेत्र, रझेना, रानीबास, काँडाघुवानीलाई लसुनको पकेट क्षेत्र, काउलेलाई फलफूलको पकेट क्षेत्र, उच्च भागमा रहेका क्षेत्रलाई अर्गानिक आलु पकेट क्षेत्र, लेकाली फलफूल क्षेत्र बनाइ स्याउ, ओखर, बदाम, ग्राउण्ड एप्पल, फिवी, स्ट्रावेरीमा आत्मनिर्भर क्षेत्र बनाउँदा चिङ्गाडको समृद्धि चुलिन सक्छ । रहकुल क्षेत्रलाई सुन्तला, कागती, नास्पति, चुक, भोगटे, ज्याकिर जुनारको पकेट क्षेत्र बनाउन सकिनेछ । मकै उत्पादनमा उच्च उत्पादकत्व बोकेको र चिङ्गाड क्षेत्रले अलैंची, अम्रिसो, अदुवा, अनार, आरु, ओखरको उत्पालनको सम्भावना राख्दछ । स्पानी कृषि हाटबजारविना किसानको हित असम्भव छ भने सूचना प्रचारप्रसार आजको आवश्यकता हो ।

प्रकाशित मितिः   २४ जेष्ठ २०७४, बुधबार १५:१२