चौकुने गाउँकार्यपालिकामा एमालेको बहुमत

सुर्खेतको चौकुने गाउँकार्यपालिकामा एमालेले बहुमत प्राप्त गरेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा विजय हासिल गरेको एमालेले गाउँकार्यपालिकाको शनिवार सम्पन्न सदस्यहरुको निर्वाचनमा ५ जना सदस्य जितेको छ ।

एमालेका मन्धरा सावद, रामकली दर्लामी, कमला विक, हरिकला विसी, नैनसिंह राजी र चमारे दमाई विजयी भएका छन् । यो सँगै चौकुनेको १८ सदस्यी गाउँकार्यपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्षसहित १४ जना तथा कांग्रेस र माओवादी केन्द्रका २/२ जना सदस्य रहने भएका छन् ।