गुर्भाकोट नगरकार्यपालिकामा कांग्रेस निर्विरोध

गुर्भाकोट नगरकार्यपालिकाको ८ जना सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसबाहेक अन्य दलबाट उम्मेदवार दर्ता नभएपछि कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।

सुशीला कार्की, सरस्वती नेपाली, मनिसरा थापा, तस्बिर घर्ती, गंगा श्रेष्ठ, दिलबहादुर सार्की, खुमबहादुर विक र उवीकला सार्की निर्वाचित भएका छन् ।

प्रकाशित मितिः   २० जेष्ठ २०७४, शनिबार १४:४४