भेरीगंगा नगरकार्यपालिकामा कांग्रेसको बहुमत

भेरीगंगा नगरकार्यपालिकाले पूर्णता पाएको छ । शनिवार सम्पन्न ८ जना सदस्यहरुको निर्वाचनपछि नगरकार्यपालिकाले पूर्णता पाएको हो । नगर प्रमुख र उपप्रमुख जितेको नेपाली कांग्रेसले नगरकार्यपालिकाको ८ जना सदस्य पनि एकलौटी आफ्नो पक्षमा पारेको छ ।

सदस्यमा खिमकुमारी कामी, भुमिकला सुनार, मोतिकला खत्री, रमना दमाई, विष्णु खत्री, खिलबहादुर कामी, प्रतिमा विक र शेरबहादुर विक निर्वाचित भएका छन् ।

प्रकाशित मितिः   २० जेष्ठ २०७४, शनिबार १४:०५