कल्याणको गाउँ परिषद्

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ पुस । 
कल्याण गाउँ विकास समितिको गाउँ परिषद् बुधवार सम्पन्न भएको छ । परिषद्ले आगामी आर्थिक वर्ष २०७३÷०७४ का लागि ३५ लाख ६० हजार रूपैयाँ बजेट पारित गरेको छ । 
गाविस सचिव प्रकाश आचार्यले चालु पूँजीतर्फ आठ लाख २४ हजार र पूँजीगततर्फ २७ लाख ३६ हजार विनियोजन गरिएको जानकारी दिए । प्रस्तावित बजेटमा लक्षित वर्ग महिला विकासका लागि तीन लाख ७४ हजार, बालबालिकाका लागि चार लाख ४० हजार, आदिवासी÷ जनजाति, अपाङ्ग, दलितहरूका लागि एक लाख १० हजार र ज्येष्ठ नागरिकका लागि ८१ हजार रूपैयाँ पारित भएको छ । यस्तै परिषद्ले पूर्वाधारतर्फ ६ लाख २० हजार, अन्यतर्फ पाँच लाख ४० हजार रूपैयाँ र कृषि तथा पशुका लागि चार लाख ११ हजार रूपैयाँ पारित गरेको छ ।