संघको तेस्रो साधारणसभा

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ पुस ।
बहुउद्देश्यीय सहकारी संघ लिमिटेड सुर्खेतको तेस्रो साधाणसभा बुधवार सम्पन्न भएको छ । संघका अध्यक्ष चन्द्रप्रसाद थानीको सभापतित्व तथा राष्ट्रिय सहकारी संघका सञ्चालक पदम दाहालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा अध्यक्ष थानीले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष वेदप्रकाश ढकालले आर्थिक एवम् लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्ष २०७२÷०७३ को लागि अनुमानित चार लाख ८० हजार बराबरको आयव्यय विवरण प्रस्तु गरेका थिए । 
कार्यक्रममा जिल्ला सहकारी संघका सञ्चालक कर्णबहादुर बुढा, कृषि सहकारी संघका अध्यक्ष लक्ष्मीप्रसाद गौतम, बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
प्रकाशित मितिः   ३० पुष २०७२, बिहीबार ११:१८