भोली प्रधानमन्त्रीको लागी निर्वाचन हुने
संसद सचिवालयका अनुसार नयाँ प्रधानमन्त्री चयनका लागि २१ गते ११ बजे निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ। प्रधानमन्त्री पदका लागि दलहरुले भोलि ४ बजेसम्म उम्मेदवार मनोनयन गर्न सक्ने छन्।
सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसद नियमावली, २०७३ को नियम ४९ को उपदफा ९२० बमोजिम प्रधानमन्त्रीको निर्वाचनको मिति र समयसहितको कार्यतालिका तोकेको व्यवस्थापिका संसद सचिवालले जनाएको छ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार शनिबार ११ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने र शनिबार साढे ४ बजे अन्तिम सूची प्रकाशित गरिने छ।
हालसम्म सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको उम्मेदवार हुने निश्चितप्रायस् छ। देउवालाई नै सत्ता हस्तान्तरण गर्ने सहमति पालना गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएका थिए। विपक्षी गठबन्धनबाट नेकपा एमालेले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने बताइएको छ।
प्रकाशित मितिः २० जेष्ठ २०७४, शनिबार १३:००
साझा बिसौनी ।