वीरेन्द्रनगर नगरकार्यपालिकाले पायो पूर्णता, एमालेको बहुमत
वीरेन्द्रनगर नगरकार्यपालिकाले पूर्णता पाएको छ । शनिवार सम्पन्न ८ जना सदस्यहरुको निर्वाचनपछि नगरकार्यपालिकाले पूर्णता पाएको हो । वैशाख ३१ गतेसम्पन्न स्थानीय तहको निर्वाचनबाट नगर उपप्रमुखसहित ९ वटा वडामा जीत हात पारेको एमालेले नगरकार्यपालिकाको ८ जना सदस्य पनि एकलौटी आफ्नो पक्षमा पारेको छ ।
शनिवार भएको नगरकार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको सङ्युक्त प्यानललाइ पराजित गर्दै आठै जना सदस्यमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।
महिला सदस्यमा समान ५२ मत प्राप्त गरेर शान्ता खड्का, टिकाकुमारी गुरुङ घले, सरिता चौधरी, लक्ष्मीकुमारी विक र यमुना नेपाली निर्वाचित भएका छन् ।
यस्तै दलित तथा लोपोन्मुखतर्फबाट पनि एमालेका उम्मेदवारहरु विजयी भएका छन् । राजु नेपालीले ५० मत प्राप्त गरिन् भने डण्डबहादुर विक र विष्णुबहादुर वादीले ५२/५२ मत प्राप्त गरि नगरकार्यपालिकाको सदस्यमा निर्वाचित भएका छन् ।
२६ सदस्यीय नगरकार्यपालिकामा एमालेको उपप्रमुखसहित १८ जना, कांग्रेसको प्रमुखसहित ७ जना र माओवादी केन्द्रको १ जना सदस्य भएका छन् ।
प्रकाशित मितिः २० जेष्ठ २०७४, शनिबार १२:२८
साझा बिसौनी ।