भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ
काठमाडाैं: नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न अत्याधुनिक ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापक सुधार ल्याउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको हो ।
डिजिटल युगमा घरभित्र धेरै उपकरणहरू एकैसाथ चलाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यो प्रविधि डिजाइन गरिएको छ । पुरानो प्रविधिको तुलनामा चार गुणा बढी कार्यक्षमता प्रदान गर्ने भएकाले यसले लेटेन्सीलाई न्युनतम् स्तरमा झार्दछ । फलस्वरूप, घरमा एकै समयमा धेरै व्यक्तिले मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ र अफिसको काम गर्दा पनि कुनै प्राविधिक कठिनाइ महसुस हुने छैन ।
भायानेटले ग्राहकहरूका लागि २५० एमबिपिएसदेखि ६०० एमबिपिएससम्मका उच्च गतिको प्याकेजहरू उपलब्ध गराएको छ । जसमध्ये २५० एमबिपिएस गतिको वार्षिक योजना १३ हजार आठ सय (भ्याट सहित) मा प्राप्त गर्न सकिनेछ । यो अफरअन्तर्गत वार्षिक ग्राहक बन्नेहरूले थप एक महिनाको इन्टरनेट सेवा निःशुल्क प्राप्त गर्नेछन् ।
साथै, घरभरि समान रूपमा इन्टरनेट सिग्नल पु¥याउन कम्पनीले तीन हजार पाँच सय (भ्याट सहित) मा ‘वाइफाइ–६ मेस’ राउटरको विकल्प पनि अघि सारेको छ । साधारण राउटरले बाक्लो भित्ता वा ठूलो क्षेत्रफल भएका घरका सबै भागमा सिग्नल पु¥याउन नसक्ने समस्यालाई यस मेस सिस्टमले समाधान गर्नेछ ।
पुराना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै भायानेटले अपग्रेड प्रक्रियालाई निकै सहज र किफायती बनाएको छ । विद्यमान प्रयोगकर्ताले मात्र पाँच सयको न्यून शुल्कमा आफ्नो पुरानो राउटरलाई नयाँ वाइफाइ–६ ओएनयूमा परिवर्तन गर्न सक्नेछन् । यो सहुलियतले नयाँ पुस्ताको इन्टरनेट प्रविधिमा पहुँच बनाउन सबैलाई सहज हुने कम्पनीको विश्वास छ । फोर–के भिडियो स्ट्रिमिङदेखि बिनारोकावटको अनलाइन गेमसम्म, आधुनिक घरका हरेक मागलाई भायानेट वाइफाइ–६ ले सहजै पूरा गर्ने सामथ्र्य राख्ने जनाइएको छ ।
प्रकाशित मितिः १० चैत्र २०८२, मंगलवार ११:२३
साझा बिसौनी ।