सुर्खेतमा नयाँ सीडीओ
साझा बिसौनी संवाददाता
सुर्खेत, २९ पुस ।
सुर्खेतमा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) आउने भएका छन् । यहाँका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको बुधवार सरुवा भएपछि नयाँ सीडीओ सुर्खेत आउन लागेका हुन् ।
गृह मन्त्रालयले सुर्खेतका सीडीओ गौतमसहित ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधवार सरुवा गरेको छ । गौतम सरुवा भएर गोरखा जान लागेका छन् भने उनको स्थानमा राजकुमार श्रेष्ठ आउन लागेका हुन् । उनी गृह मन्त्रालयमा कार्यरत थिए ।
यस्तै सरुवा हुने अन्य सीडीओहरूमा भक्तपुरका तोयम रायलाई मोरङ, काभ्रेका मदन भुजेललाई झापा, झापाका तेजप्रसाद पौडेललाई भक्तपुर सरुवा गरिएको छ । गृह मन्त्रालयका सह–सचिव कृष्णप्रसाद ढुंगानालाई बाराको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको छ । त्यसैगरी बाराका बालकृष्ण पन्थीलाई काभ्रे, तनुहँका महादेव पन्थलाई नवलपरासी र गृहमन्त्रालयका पुरुषोत्तम कुँवरलाई तनहुँको सीडीओमा सरुवा गरिएको छ ।
मन्त्रालयका अनुसार गोरखाका उद्धव तिल्सिेनालाई अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन र अध्यागमनका विष्णुबहादुर थापालाई बर्दिया जिल्लाको कामु सीडीओमा सरुवा गरिएको छ । शान्ति सुरक्षामा महाशााखाको जिम्मेवारी यादव कोइरालालाई दिइएको छ ।
साझा बिसौनी संवाददाता ।