महासंघद्वारा भत्र्सना

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ पुस ।
नेपाल पत्रकार महासंघ सुर्खेतले पछिल्ला दिनमा जिल्लाका पत्रकारमाथि विभिन्न पक्षबाट भएको दुव्र्यवहारको घटनाप्रति भत्र्सना गरेको छ । महासंघको बुधवार वीरेन्द्रनगरमा सम्पन्न बैठकले केही दिन पहिला नेपाली सेनाका कर्णेल शिवप्रताव कार्की र कोपिला भ्याली सेवा समाजका प्रतिनिधिहरूबाट प्रत्रकारमाथि भएको दुव्र्यवहारको घटनाप्रति खेद प्रकट गर्दै दोषीलाई कारबाही गर्न माग गरेको हो । 
पत्रकारहरूमाथि हुने दुव्र्यवहार रोक्न आग्रह गर्दै बैठकले आगामी दिनमा यस्ता घटना हुन नदिन र घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन महासंघले सशक्त भूमिका निर्वाह गर्ने समेत निर्णय गरेको छ । पछिल्लो पटक पत्रकारमाथि  दुव्र्यवहार भएको भन्दै महासंघ सुर्खेत शाखाले आवश्यक कारबाहीका लागि नेपाल सरकार रक्षा मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग र नेपाल पत्रकार महासंघमा तत्काल ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 
यसैगरी बैठकले शाखाको वार्षिक साधारणसभा आगामी माघ २२ गते वीरेन्द्रनगरमा सम्पन्न गर्ने निर्णय गरेको छ । साधारणसभा सफल बनाउन विभिन्न उपसमितिहरू समेत गठन गरिएको महासंघले जनाएको छ । 
यस्तै शाखाका साधारण सदस्यहरूको दुई वर्षको सदस्यता नवीकरण आगामी माघ २० गतेभित्र गरिसक्ने निर्णय गरेको छ । नविकरण नगर्ने सदस्यलाई साधारण सभामा सहभागी नगराइने निर्णय गरेको छ । सदस्यता शुद्धीकरणका लागि स्वतः अवकाश लिनका लागि सार्वजनिक रूपमा आव्हान गरिने पनि महासंघले जनाएको छ । त्यसैगरी नयाँ सदस्यता प्रदान गर्नका लागि माघ मसान्तसम्म आवेदन सङ्कलन गर्ने निर्णय 
बैठकले गरेको छ । 
प्रकाशित मितिः   ३० पुष २०७२, बिहीबार ११:२९