पाँच कृषक पुरस्कृत

सुर्खेत, १८ जेठ ।
राष्ट्रपति क्षेत्रीय पुरस्कारबाट मध्यपश्चिमाञ्चलका पाँच जना कृषकहरू पुरस्कृत भएका छन् । उनीहरूलाई बिहीवार सुर्खेतमा एक कार्यक्रमको आयोजना गरी क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा पौडेलले जनही २५ हजार नगद र प्रमाणपत्रसहित सम्मान गरेका छन् ।


मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट बाँकेमा बंगुरपालन व्यवसाय सञ्चालन गर्दै आएका प्रेमराज खरेल, दाङमा तरकारी खेती गर्दै आएकी बसन्ता अर्याल, जुम्लामा स्याऊ खेती गर्दै आएका रामप्रसाद न्यौपाने पुरस्कृत भएका हुन् ।
यस्तै बाँकेमा माछापालन गरिरहेका सुमेर शमशेर जवरा र रोल्पामा सुन्तला खेती गर्दै आएका हुपलाल घर्ती पनि पुरस्कृत भएका छन् ।

प्रकाशित मितिः   १९ जेष्ठ २०७४, शुक्रबार १५:००