कक्षा ११ को परीक्षाफल सार्वजनिक

४९ दशमलव २० प्रतिशत विद्यार्थी उतीर्ण
२०७२, ३० पुस ।
 उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले कक्षा ११ को परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ । परीक्षामा ४९ दशमलव २० प्रतिशत विद्यार्थी उतीर्ण भएको उच्च माध्यमिक परिषद्का उपाध्यक्ष डा. चैतन्य शर्माले बताए ।
कक्षा ११ को परीक्षामा नियमित तर्फ २ लाख ४३ हजार ७ सय ३१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ९ सय १६ परीक्षार्थी उतीर्ण भएको शर्माले बताए । जसमा ४ परिक्षार्थीको परीक्षा स्थगित गरिएको छ भने ६१ जनाको परीक्षाफल रद्ध गरिएको परिषद्ले जनाएको छ ।
आंशिक तर्फ भने १ लाख २६ हजार ९ सय ३० परीक्षार्थी सहभागी मध्ये ४३ हजार ९ सय ८३ अर्थात ३४ दशमलव ६५ प्रतिशत परीक्षार्थी उतीर्ण भएको उनले बताए । आंशिक परीक्षार्थी मध्ये ५ को परीक्षा स्थगित गरिएको छ भने ३५ को परीक्षाफल रद्ध भएको परिषद्ले जनाएको छ ।
गतवर्ष ४७ दशमलव २७ प्रतिशत परीक्षार्थी उतीर्ण भएकोमा यसवर्ष उतीर्ण प्रतिशत बढेको शर्माले बताए । कक्षा ११ को परीक्षा गत असार १ गते देखि भएको थियो । भूकम्पका कारण रोकिएको सात जिल्लाको परीक्षा भने असार २४ गते देखि भएको थियो ।
प्रकाशित मितिः   ३० पुष २०७२, बिहीबार १२:१६