एबीसीले जित्यो एन्फा लिग

जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिताको उपाधि एबीसी युवा क्लबले जितेको छ । शनिवार सम्पन्न फाइनलमा वीरेन्द्रनगर स्पोर्टस् क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै एबीसीले जिल्लाको सर्वाधिक पुरस्कार राशी भएको एन्फा लिगको उपाधि जितेको हो ।

एवीसीले लिग ट्रफीका साथै नगद ५१ हजार पुरस्कार पनि प्राप्त गरेको छ । एवीसीका तर्फबाट कप्तान खगेन्द्र खत्रीले ह्याट्रिक गरेभने प्रकाश शाहीले एक गोल थपे । उपविजेता वीरेन्द्रनगरका तर्फबाट कमल गुरुङले एक मात्र गोल गरे । उपविजेता वीरेन्द्रनगरले नगद २५ हजार प्राप्त गरेका छ ।