आमाको सपना
वरिपरि हरिया डाँडाबीचमा सम्म परेको जमिनमा सानो र सुन्दर बस्ती थियो । त्यस बस्तीकोमाझमा एउटा सेरे नाम गरेको मानिसको सानो झुपडी थियो । सेरे त्यस सुन्दर बस्तीको बासिन्दा र उसको मनपनि सुन्दर थियो । सेरे दिनभर काम गरी आफ्नो गुजरा चलाउ“दै आएको थियो । उसले बुढा बुबा आमलाई पालेको थियो । उसलाई ती बुढा बुबाआमको हेरचाह गर्न गाह्रो भयो र उसले पल्लो गा“उबाट विवाह ग¥यो । अब उसको घरमा कमाएर ल्याएको मानो पकाउने र बुबा आामालाई माया गर्ने अर्को मान्छे पनि आइपुगिन् । सेरे आफ्नो सुखी परिवारलाई देखेर खुशी हुन्थ्यो ।
वर्षाको समय थियो । एकदिन सेरेको बुबा आमालाई झाडापखाला लागेछ । उसले कमाएको पैंसा बिहान र वेलुका छाक टार्न पनि गाह्रो हुन्थ्यो । अब सेरेले बुबा आमाको औषधि उपचार गर्न पनि सकेन । बिरामी भएको पनि तीन÷चार दिन बितिसक्यो सेरेका बुवा आमालाई सन्चो भएन् । साँझ परिसकेको थियो । सेरे कामबाट घर फर्कियो । खाना खाइसकेपछि ऊ बुबा आमा भएको ठाउँमा गयो । बुबाले सेरेलाई भन्नु भएछः बाबु अब हामी यत्तिकै हो । राम्रोसँग दुःख सुखमा रमाउँदै बस्नु समाजमा आफ्नो मान नगुमाउनु ।’ केही समयपछि उसको बुबाको प्राण नै गएछ । सेरे आफ्नो बुवाको मृत्युले दुःखित भयो । उसले सारा संसार अँध्यारो देख्न थाल्यो । मान्छेहरू आउने जाने क्रम चलिरहेको थियो । बुबाको एघारौं दिनको काम गर्दै थियो । अचानक उसको आमाले पनि आज संसार छाड्नुभयो । उसलाई चोट माथि चोट थपियो । उसले ती बियोगका दिनहरूलाई पनि सम्हाल्दै आमाको काजकिर्या ग¥यो । एकदिन सेरेले श्रीमतीसँग एउटा सल्लाह लियो । उसले भन्योः ‘अब यस गुजाराको भरमा हाम्रो जीवन सधैं यस्तै बियोगमा बित्छ । त्यसकारण म पैसा कमाउन देश जान्छु भन्यो’ श्रीमतीले पनि मनभरी दुःख र पीडा बोक्दै बाहिरी चेहेरा मात्रले हुन्छको संकेत गरी उसको पेटमा शिशुको भ्रुण बढ्दै गएको थियो । उसले त्यस शिशुको जीवनलाई सम्झी अनि दुई ओठलाई खोलेर हुन्छ भन्ने शब्द उच्चारण गरी भालि बिहानै देश जानको लागि सेरे र उसकी श्रीमतीले तयारी गरे । भोलिपल्ट बिहानै सेरेकी श्रीमती बिउँझि उसले एउटा नराम्रो आवाज सुनी उसको झिसमिसे उज्यालो सेरेलाई उसले आ“शुले भरिएको आ“खा, दुःखले भरिएको मन र शक्ति नभएका हातहरूले बिदाइ गरी । सेरे पनि आ“खाभरी आँशु लिएर धेरै पैसा कमाउने सपना बोक्दै घरबाट निस्कियो । गाडी चढी विदेश लाग्यो ।
दुई÷तीन दिन बितिसकेको थियो । गाउँमा प्रहरीका सिपाइ आएर सेरेकी श्रीमतीलाई एउटा चिठ्ठी दिए र उनीहरूले भनेः ‘सेरे नाम गरेको व्यक्तिले गाडी दुर्घटनामा परी ज्यान गुमाएको थियो । उसको लाश बुझ्नका लागि हजुरलाई यो खबर गरेको हो ।’ यो कुरा सुन्दा सेरेकी श्रीमती मुर्छा परी गाउ“ वरपरका मानिसहरू पनि त्यहा“ भेला भए सबै गाउ“ नै शोकमा डुब्यो । ऊ गाउँकै लागि धनि नभए पनि राम्रो इमान्दार व्यक्ति थियो । केही बेर पछि उसको होस् आयो र उसलाई लाश बुझ्न लैजानका लागि गाउँका एक÷दुई जना जान्ने बुझ्नेले लगेर गए । विचरीलाई के थाहा सपना–सपना नै हो भन्ने शिशा जस्तो हुन्छ फुटेपछि जोड्नै मिल्दैन भन्ने कुरा अब उसले श्रीमान् जानुभन्दा अगाडिको आवाज जो हाम्रो परम्परामा साइतको बेला रोएको बिरालो जसले नराम्रो संकेत गर्छ भन्ने बुझ्दा–बुझ्दै पनि श्रीमान्लाई बिदाइ गरेकी थिइ । यिनै दुखित कुराहरू मनमा संगाल्दै लाश भएको ठाउ“मा पुगी लाश बुझ्ने कुरा भयो । लाश बुझ्नका लागि लाश घरमा गइ र आफ्नो सपना जो पैसा कमाएर जीवनमा सुखै सुखस“ग बच्ने चाहना थियो । त्यसलाई अगाडी मृत अवस्थामा देख्दा फेरि उसले चिच्याउँदै भनी सन्तानको सुख र मेरो सुखका लागि जानुभएको अब हामी कसरी बा“च्ने भनेर बिलाप गर्दै रुन थाली त्यहा“ भएका सम्पूर्ण मानिसहरूका आ“खा पनि रसाएका थिए उसका बिलापको शब्दहरूले त्यस लाशलाई लिएर सतिगति गरेर आफ्नो घरमा आइ समयले कहिल्यै पर्खिदैन ।
समय बित्दै गयो बाह्रौं दिनको किरियाकाज पनि सकि आजदेखि उसको घर सुनसान हुन थाल्यो । ऊ आफ्ना उज्याला दिनलाई पनि अँध्यारै देख्थि भने राहत सधैं अध्यारै नै छ । समय चक्र हो उसको परेको शिशु पनि महिना–महिना हुँदै बढ्दै गइरहेको छ उसले त्यस शिशुलाई सम्झन्छे अनि बा“च्ने आशाका मुनाहरूलाई अ“कुराउन दिन्छे । अब समय बितेर नै महिना भयो डक्टरको सल्लाह अनुसार शिशुको जन्म हुने समय तोकियो केही दिनमा शिशुको जन्म भयो नजिकको आफ्ना इष्ट मित्र र छरछिमेक पनि सेरेको छोरो जन्मिएको खुशी हुदै भेट्न आउ“थे छोरो ठ्याम्मै बाबुको जस्तो अनुसार भन्थे । गाउ“लेको त्यस कुराले ऊ खुशी पनि दुःखी पनि हुन्थी । उसले अब उसले आफ्नो जिम्मेवारी सम्झी मैले यसलाई ठूलो बनाउनुपर्छ बुबाको ईच्छा पूरा गर्नुपर्छ भन्थी तर विचरी आफ्नो हातमा केही छैन् । छोरो पनि एक वर्षको हुन थाल्यो । गाउ“मा एउटा धनाढ्य परिवारको घर थियो त्यस घरकी मालिक्नीको दुवै आ“खाका ज्योती गुुमेको थियो । उसले आ“खा दान गर्नेलाई जीवनभरी पुग्ने पैसा र सम्पति दिने घोषणा गरेछ । उसले त्यस कुराको सुइको पाइछ । एक रात उसले राम्रोसँग छोराको अनुहार नियालेर हेरिछ । छोरो लक्षिणको छ । यसलाई मैले ठूलो मान्छे बनाउनुपर्छ भनेर सोचिछ अनि आफ्नो निर्णय गरी त्यस धनाढ्य व्यक्तिका घरमा गएर आफूले आ“खा दिने कुरा बताइ । त्यस परिवारका मानिसले तिम्रो आ“खा नलिने भन्दा भन्दै उसले जिद्दी गर्न थालिछ । आ“खा दिने निर्णय गरी । आ“खा दान गर्नका लागि सहर जानुपथ्र्यो । उसले त्यस मानिसलाई आफ्नो आ“खा दिने कुरा कसैलाई नभन्न आग्रह गरी । आफू पनि केहिी समयपछि मात्र फर्किने र कसैलाई पनि आ“खा दिएको थाहा नदिने निर्णय गरी । भोलिपल्ट बिहानै सहर जानको लागि उसलाई तयार हुन भनियो र भोलिपल्ट ऊ सहर जानको लागि घरबाट हिँडी मनमा अनेक थरिका कुरा खेलाउँदै सहर पुगी । सबैजान अस्पताल गए । एक हप्तासम्म दबाइ गरेपछि मात्र आ“खा दिन मिल्ने कुरा सुनाए । एक हप्ताको समयसम्म औषधि खादै छोरालाई हेर्दै गर्न थाली । उसले अवोध बालकलाई आ“खाको इसराले भन्थी म यो संसार अँध्यारो बनाउँदैछु । बाबु तिम्रो उज्यालो संसार बनाउनका लागि भन्थी अनि आँशुका थोपाले बालकका अनुहारमा खसाल्थी । आज सात दिन भयो उसले यो संसार हेर्ने अन्तिम दिन थियो । उसले त्यस दिनमा आफू कहिँ नजाने विचार गरी र दिन रातका सम्पूर्ण समय त्यस छोराको अनुहार हेर्ने विचार गरी र हेरी रही हेरी रही दिन रात बितेको पत्तो भएन । भोलिपल्ट बिहानै अस्पतालमा गए आज उसले आफ्नो उज्यालो ज्योति कसैलाई दिएर आफू अध्या“रोमा बस्दै छे यिनै पीडाले उसलाई घोचिरहन्थ्यो । अप्रेशनको समय भयो अस्पतालको शैयामा पल्टिएर आफ्नो नाबालक बिहानलाई हेरिरही छ र भन्छे तिमी बिहान हौ । दिनभरिको आकृति बोकेर आएको सूर्य जस्तै तिमीले यहा“ चम्किएर फेरि मलाई उज्यालो दिन देखाउनु छ भन्छे र आँशु खसाल्दै अन्तिम पटक फेरि छोरालाई हेर्छे अनि अपे्रशन कोठामा लैजान्छन् । उसको आ“खा प्रत्यारोपन सफल भयो । केही समयपछि त्यस महिलाले उज्यालो संसारदेखि भने एउटा गरीब र धेरै सपना बोकेकी महिला उसले सारा संसार अन्धकार भयो । त्यस धनी मानिसले उसलाई भने जति पैसा र जमिन दियो । अब उनीहरू आफ्नो गाउ“ भन्दा केही टाढा बस्न थाले समय बित्दै गयो । बिहान पनि तीन वर्षको भयो । उसलाई राम्रो बोर्डिङ्गमा पढाउने इच्छा थियो । पछि छोरोलाई डाक्टर बनाउने सोच बोकेकी ती अन्धीले नजिकैको विद्यालयमा उसलाई भर्ना गरिदिइ । उसले बाहिरी आ“खा नदेखे पनि भित्री आत्माको आ“खाले छोराको भविष्यलाई राम्रो बनाउने भन्ने सोचेकी थिइ । छोरा बिहान पनि अति मिलनसार र आमाको हरेक कुराहरूलाई मान्ने गर्दथ्यो । सबैजना त्यस बालकलाई देखेर दङ्ग पर्थे । आमा बिहानलाई पु¥याउनका लागि विद्यालय जान्थिन भने बेलुका लिन जान्थिन । अब बिहान ठूलो हुँदै गयो उसले आमालाई भन्न थाल्यो अब तपाईं मलाई पु¥याउन जानुपर्दैन म ठूलो भइसके तपाई जानु पर्दैन भन्यो आमाले पनि उसका कुरा मानी र जान छाडी तर सा“झ उसले सधैं छोरालाई सम्झाउँदै भन्थी, ‘बाबु मैले यो संसार हेर्ने र तेरो मुख हेर्ने हो ।’ यस कुराले बिहानलाई दुःखी बनाउँथ्यो र उसले मेहेनत गरेर पढ्थ्यो ।
एसएलसी पनि आयो बिहानले पढाइमा धेरै मेहेनत गर्दै
थियो । परीक्षा पनि सकियो । दुई महिनापछि नतिजा प्रकाशन भयो बिहान आफ्नो विद्यालयमा मात्र नभएर आफू बसेको जिल्ला नै टप भयो । अब उसको डाक्टर पढ्ने सपना पनि पूरा हुनेभयो भनेर खुशी भयो र पढ्न शहर जाने र आमालाई सहरमै लैजाने निर्णय ग¥यो । अब बिहानका आमा र छोरा ठूलो सपना बोकेर सहर हिँडे । सहरमा बिहानले विभिन्न राम्रा कलेजमा स्कलरशीपमा पढ्न पाउने गरी नाम निकाल्यो र उसले आफ्नो निर्णय गरी सबैभन्दा राम्रो र नाम चलेको कलेजमा पढ्यो । समय हो कहिल्यै पर्खदैन चलिरन्छ । आज बिहानले उच्च शिक्षा अध्ययन गरेको समय पनि १० वर्ष बितिसकेछ । उसको पढाइ धेरै राम्रो थियो । उसले पढ्दा विभिन्न नाम चलेका अस्पतालले उसलाई बोलाइरहेको थियो । अब उसको पढाइ पनि सकियो र ऊ गाउ“को राम्रो अस्पतालमा जाने र त्यही ठाउ“मा असहाय
र गरीब जनताको सेवा गर्ने सोच लियो र ऊ कामको लागि गाउँ जाने निर्णय ग¥यो । आज उसलाई थाहा थिएन म कुन गाउ“मा जन्मिएको हो । अब ऊ त्यही सुन्दर गाउ“ आफू जन्मिएको थियो त्यही गाउ“मा जाने निर्णय ग¥यो तर त्यो गाउ“को बारेमा उसलाई केही ज्ञान थिएन । उसले सोच्यो आफूस“ग भएको सम्पत्तिले पहिला आमाको उपचार गर्छु अनि गाउ“ गएर सेवा गरेर बस्छु । त्यही गाउ“मा आफ्नो सानो संसार बनाउँछु । उसले आमासँग सल्लाह लियो र आमाको उपचार गर्न गयो । आज उसको आमाले फेरि यस संसार उज्यालो देख्ने दिन सम्झदै उनले आज छोरालाई केही भनेपछि मात्र आफ्नो उपचार गर्ने निर्णय गर्छिन र भन्छिन्ः बाबु आज पच्चीस वर्षमा म आफ्नो सो अन्धकार संसारबाट उज्यालो देख्दैछु । आज मैले तिम्रो भविष्य निर्माण गर्नको लागि यी दुवै आ“खा कसैलाई दिएको पनि २५ वर्ष भए जे सोचेकी थिए त्यो पूरा भएको छ । यस संसारमा मानव भएर जन्म लिएपछि तिमी जस्ता छोराहरूको जन्म होस् आज तिमीले मेरो अन्तर मनमा लुकेको सपनालाई पूरा गर्दैछौ । जो मैले तिमीलाई प्रत्यक्ष भन्न सकेको थिएन भन्न थालिन् बिहान आमाको अंगालोमा बाँधिएर रुन थाल्यो र भन्यो आमा म हजुरका हरेक पाइलामा साथ
दिनेछु । तपाईंलाई कहिल्यै दुःखी बनाउनेछैन र मेरो बाबाको सपना पनि म त्यही गाउ“मा दुःखीको सेवा गरी पूरा गर्नेछु भनी आमा छोरा अस्पताल तिर लागे ।
(लेखक मध्यपश्मिाञ्चल विश्वविद्यालय, वीरेन्द्रनगर, सुर्खेतमा एम.एड. पहिलो सेमेस्टरमा अध्ययरत छिन् ।)
साझा बिसौनी ।