‘सानोतिनो झगडाले माया बढाउँछ’

व्यक्तिपिच्छे जीवन जिउने फरक–फरक तरिका हुन्छन् । कसैको जीवन सुखमय हुन्छ भने कसैको दुखमय हुन्छ । हुन त जीवनमा जसले दुःख, मेहेनत गरेको हुन्छ र जीवनलाई संघर्षको बाटोमा लैजान सक्छ त्यो व्यक्ति नै जीवनमा सफल हुन्छ । हरेन्द्र केसीले पनि जीवनमा आफूलाई समाजमा स्थापित गराउनको लागि धेरै संघर्ष गरे । पढाइप्रतिको लगनशीलताले आज उनलाई प्रगतिको बाटोमा लम्की रहेका छन् ।
पिता हरिबहादुर केसी र माता जमुनादेवी खत्रीको कोखबाट २०३९ सालमा सुर्खेतमा जन्मिएका हरेन्द्र केसीको बाल्यकाल रमाइलोसँग बित्यो । बाल्यकालमा साथीहरूसँग खेल्न जान पाए उनलाई केही चाहिँदैनथ्यो । घरको कान्छो छोरा भएकाले पनि सबैको माया ममतामा हुर्किएका केसी घरमा पालेको गाई चराउने निहुँमा खोलामा पौडी खेल्न जाने गर्थे । उनले भने, ‘घरबाट खेल्न जान दिनु हुन्थ्यो, गाई चराउने निहुँ पारेर ईत्राम खोलामा पौडी खेल्न जाने गर्थें ।’ बाल्यकालमा डण्डीवियो, पिटी खेल खेल्न उनलाई औधी रुची थियो । घरबाट खेल्न जान नदिए पनि बाहना बनाइ–बनाइ खेल्न जाने गर्थे । उनी साथीहरूसँग खेल्न गएपछि साझ घरबाट लिन गए पछि मात्र फर्कन्थें ।
बाल्यकालमा उनी अलि लजालु स्वभावका थिए । झट्ट अरुसँग बोल्ने स्वभाव उनको थिएन । तर, पढाइमा भने उनी अगाडि नै हुन्थे । शिक्षकहरूको नजरमा सधैं इमान्दार र राम्रो विद्यार्थीको रूपमा गनिन्थें । उनले विद्यालयमा पढ्दा इमान्दारीताको पुरस्कार पनि धेरै पाएका थिए । कक्षा एकदेखि एसएलसीसम्म अमरज्योति माविमा पढेको केसीले कर्मश विषयमा ब्यार्चुलर पास बहुमुखी क्यापसबाट पास गरे । उनले डिग्री भने काठमाडौंबाट गरेको हुन् ।
बाल्यकालमा भविष्यमा शिक्षक बन्छु जस्तो लागेको थिएन । आफ्नो लजालु स्वभावका कारण शिक्षक बनेर धेरै विद्यार्थीहरूको माझमा बोल्न सक्दिन होला जस्तो लाग्ने गथ्र्यो । तर, पछि समयसँगै समाजसेवामा लागे पछि उनी बाहिरी व्यक्तिहरूसँग पनि घुलमिल गर्न सहज भए पछि उनको लजालु स्वभाव हट्दै गयो । ब्यार्चलर पढ्दा उनले बोर्डिङ्ग स्कुलमा पढाउँदै पढ्दै गर्दा शिक्षक पेसाप्रति रुची बढ्दै गयो । शिक्षक भएर विद्यार्थीलाई पढाउँदाको आनन्द छुट्टै प्रकारको हुने उनको भनाइ छ । शिशु कक्षादेखि पढाउन सुरु गरेको केसीले अहिले उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा उपप्रध्यापक हुन् । साथै सामाजिक काममा पनि उनी अग्रस्थानमा नै छन् । उनी हाल वीरेन्द्रनगर जेसीज वर्ष २०१७ का अध्यक्ष पनि छन् ।

उनी डिग्री सकेर घर आएपछि घरमा छोराको बिहे गरिदिने कुरा चल्न थाल्यो । केसीलाई त अहिले नै बिहे गर्ने मन थिएन । तर घरपरिवारको दबाबमा उनले विवाह नगरी नहुने स्थिति सिर्जना भएपछि उनले धेरै ठाउँमा केटी हेरे । तर, उनलाई कोही पनि मन परेनन् । हेरेकामध्ये कोही केटी मन नपरेपछि उनलाई उनको साथीले एकजना केटीलाई देखाए । त्यो केटीलाई केसीले हेरे पनि हेर्दा सुन्दर लाग्यो तर, आनीबानी कस्तो थियो केसीका लागि त्यो कुरा भने जान्नैपर्ने थियो । उनलाई साथीले देखाएको केटी अरु कोही नभएर कल्पना थिइन् । केसीले कल्पनालाई टाढैबाट राम्रोसँग चिने । केटीको आनीबानी र पढाइसमेत राम्रो भएकाले विवाहको लागि उनले घरपरिवारलाई कल्पनाको घरमा माग्न पठाए ।
कल्पनाको घरमा पनि केटा राम्रो भएकाले छोरी दिने निर्णय भयो । कल्पनालाई पनि बाबुआमाले रोजेको केटा नै आफ्नो जीवनसाथीको रूपमा स्वीकार गरिन् । दुवैको घरपरिवारको सहमतिमा उनीहरूको २०६९ सालमा मागी विवाह भयो ।

पिता दलबहादुर केसी र माता लक्ष्मी केसीको कोखबाट २०४३ सालमा सुर्खेतमा जन्मिएकी कल्पनाको बाल्यकाल रमाइलोसँग बित्यो । ६ भाइबहिनी मध्येकी जेठी छोरी थिइन् । बाल्यकालमा लजालु स्वभावकी कल्पना घरको काम र पढाइ बाहेकको काममा उनी लाग्दैन थिइन् । कसैले मन दुखाउने कुरा ग¥यो भने रोइहाल्ने स्वभावकी थिइन् । कक्षा एकदेखि पाँचसम्म बालमन्दिरमा पढेकी कल्पनाले कक्षा ६ देखि एसएलसी पास भने ईत्राम स्कुलबाट गरिन् । त्यसपछि उनले शिक्षा क्यापसबाट नै डिग्री पास गरिन् । हाल उनी
ज्योति विद्याल सदनमा अध्यापन
गराउँछिन् । उनको बाल्यकालदेखिको रुची स्टाफ नर्स पढ्ने थियो । तर, सबै सबैले देखेको र रोजेको जस्तो जीवन हुँदैन । कल्पनाले पनि स्टाप नर्स पढ्ने रहर मारेर शिक्षा क्यापसमा पढिन् ।
यो जोडी फुर्सद भएसम्म घुम्न पनि जाने गर्छन् । केसीले फुर्सदको समयमा कल्पनालाई घरमा पानी भर्ने, छोरी हेरेर सघाउने पनि गर्छन् । विवाहपछि यो जोडी एकआपसमा धेरै समय रिसाउने गरी कहिल्यै झगडा गरेनन् । उनीहरू भन्छन्, ‘श्रीमान् श्रीमतीको झगडा परालको आगो हो एकै छिनमा निभी हाल्छ ।’ भन्छन्, नि आगो पनि नठोसेसम्म बल्दैन । श्रीमान् श्रीमतीको झगडा पनि त्यस्तै हो, सम्बन्धलाई दिगो बनाउन कहिले काहिँको झगडाले पनि सहयोग गर्छ । जहाँ झगडा हुन्छ त्यहाँ माया पनि गाढा हुन्छ । दाम्पत्य सम्बन्धलाई दिगो र सफल बनाउनको लागि श्रीमान् श्रीमती बीचमा विश्वासको डोरी बलियो हुनुपर्दछ । जबसम्म एकअर्काे बीचमा समझदारी र विश्वास हुँदैन तबसम्म सम्बन्ध दिगो पनि हुँदैन । त्यसैले एकअर्काेबीचमा विश्वासको डोरी बलियो बनाइ राख्नुपर्छ । सम्बन्धमा शंका र उपशंका उत्पन्न भयो भने पनि सम्बन्ध दिगो नहुने उनीहरूको भनाइ छ ।
यो जोडी एकअर्काेको प्रशंसा पनि खुलेरै गर्छन् । केसीलाई कल्पनाको लामो समयसम्म नरिसाउने र आफूलाई विश्वास गर्ने बानी मनपर्छ । केसीलाई कहिलेकाहीं कम बोल्ने र लजाउने स्वभाव हटाइदिए हुन्थ्यो जस्तो पनि लाग्नेगर्छ । त्यस्तै कल्पनालाई पनि केसीको सबै बानी मनपर्छ । कहिलेकाहीं कुरा नबुझेर बोल्ने बानीले अरुको मन दुख्नसक्छ भन्ने नसोचेरै बोल्ने बानी हटाइ दिए हुन्थ्यो जस्तो लाग्ने गर्छ । उनले भनिन्, ‘उहाँको मनमा पाप छैन त्यसैले पहिला नै झट्ट बोलिहाल्नुहुन्छ तर, कहिलेकाहीं त्यही बोलीले गर्दा अरुको मन दुख्न पनि सक्छ त्यो नसोचेरै बोल्नु हुन्छ यो बानी चाहिँ हटाउनै पर्नेछ ।’
उनीहरूको अनुसार जीवन भनेको संघर्ष हो । हरेक मान्छेको जीवनमा संघर्ष हुन्छ नै तर, जीवनमा एक्लै गरेको संघर्ष भन्दा जीवनसाथी मिलेर गरेको संघर्षले छिटो प्रतिफल पाइन्छ र सफल पनि भइन्छ । जीवनसाथी भनेको एकअर्काेको सास हो । जसरी श्वास विना प्राण रहँदैन त्यस्तै जीवनलाई पूर्णता दिनको लागि जीवनसाथीको आवश्यकता पनि पर्दछ । उनीहरू भन्छन्, ‘जीवनसाथी भनेका एकअर्काेको श्वासप्रश्वास हुन्, जो एकअर्काे विना अधुरो अपुरो हुन्छन् ।’

प्रकाशित मितिः   १३ जेष्ठ २०७४, शनिबार १५:४०