निःसन्तान आमा

सहरको छेउमा एउटा चिटिक्क परेको घर थियो । घर जस्तै चिटिक्क परेको सानो परिवार थियो, त्यस घरमा ईश्वरको श्रीमती लक्ष्मी र उनका भाइ गोपाल थिए । ईश्वर र गोपाल दुई भाइ हुन् । उनीहरूको बाबा आमा दुर्घटनामा परेर परलोक भइसकेका थिए । आमा बाबुको मृत्यु हुँदा गोपाल सानै थिए, भाइको हेरचाहा तथा आमाको माया कमी हुन नदिन ईश्वरले बिहे गरे । साँच्चिकै ममताको खानी, मायालु आमा जस्तै माया गर्ने भाउजु पाए गोपालले ।
ईश्वरको जागीर थियो । दिउँसो अफिसमा अन्य समयमा सामाजिक कार्य तथा घरायसी कार्यमा व्यस्त हुन्थे । ईश्वरकी श्रीमती देवरको हेरचाहा तथा घरायसी काममा व्यस्त हुन्थिन् । गोपालको पढाइ अत्यन्त राम्रो थियो । गोपाले एसएसी पास गरेपछि दाजु भाउजुको खुशीको सीमानै रहेन । एउटा आमाले दिने माया ममता दिएर हुर्काइ बढाइ गरेको देवरको पढाइमा राम्रो सफलता देखेर खुशीले गद्गद् हुन्छिन्, लक्ष्मी ।
गर्मीको दिन थियो । साँझको समयमा खाना खाएर घरको आगनमा शितल हावामा बसेर गफगाफ गर्दै थिए । यसै क्रममा गोपाललाई कहाँ पठाउने भन्ने प्रसंग निस्कियो र त्यही सहरको प्रख्यात कलेजमा भर्ना गर्ने निर्णय गर्दछन् । सम्पन्न परिवार खर्चको त केही चिन्ता नै थिएन । महँगो कलेजमा ईश्वरले भाइको भर्ना गरिदिन्छन् । ईश्वरको पनि विहे गरेको पाँच वर्ष बितिसकेको
थियो । पाँच वर्षसम्म सन्तान नहुँदा लक्ष्मीलाई मातृस्नेहले
सताउँथ्यो । त्यसैले उनले थुप्रै गुडियाहरू कोठामा सजाएर राखेकी हुन्थिन् । एक दिन लक्ष्मी खेलौनाहरू अंगाल्दै खेलौनाहरू सुम्सुम्याउँदै गहभरी आँसु निकालेर बसिरहेकी थिइन् । यसैबेला कोठामा ईश्वर पस्छन् । लक्ष्मीलाई किन रोएको, के भो भनि झर्किएर प्रश्न गर्दछन् । त्यस दिन ईश्वर अफिसको कामको तनावले अलि रिसाएर नै आएका थिए । घरमा आउँदा लक्ष्मीको त्यस्तो अवस्था देखेपछि झन् रिसाउँछन् । अनि लक्ष्मीले रुँदै भन्छिन्, ‘बिहे गरेको पाँच वर्ष बितिसक्यो हाम्रो सन्तान भएको छैन । मलाइ सन्तानको साह्रै रहर छ । म आमा बन्न चाहन्छु । हजुरलाई बाबा बन्ने रहर छैन र ?’ ईश्वर झन् रिसाएँदै भन्दछन्, ‘मलाई पनि त बाबा बन्ने रहर छ आजसम्म एउटा सन्तान जन्माइ दिएकी छस् र ? अब त गाउँका साथीभाईले पनि अर्को बिहे गर भन्न थालिसके ।’ लक्ष्मीलाई गाउँका आइमाइहरूले बाँझी आइमाइ भन्दै पानी पँधेरो, मेला पातमा कुरा काटिरहेकाले असह्य भएर आफ्नो पिर, पीडा पतिलाई भन्दा पिर कम होला, सान्त्वना पाइएला भनेर आफ्नो पतिलाई भनिन् तर लक्ष्मीलाई झन् घाउमाथि नुन चुक छर्केझैं भयो र उनी रुँदारुँदै निदाइन् ।
बिहानै लक्ष्मी उठेर आफ्नो घरायसी धन्दामा लागिन् । ईश्वरले तनावको झोकमा मैले लक्ष्मीलाई भन्न नहुने कुरा भन्ने भनेर पश्चाताप गर्दै लक्ष्मीसँग माफी मागे । त्यही दिन नै सन्तान किन नभएको हो भनि अस्पताल गए । चेक जाँच गराए । लक्ष्मीमा कुनै कमजोरी छैन तर तपाईंमा थोरै समस्या देखापरेको छ । औषधि खानुस् ठीक भइहाल्छ । प्रतिक्षा गर्नुहोस् तपाईंको सन्तान अवश्य पनि हुन्छ भनि डक्टरले ईश्वरलाई भने । अनि उनीहरू घर फर्किए । सन्तानको आशै–आशामा आठ वर्ष बितिसकेको थियो । लक्ष्मी एक दिन बजारबाट फर्कदै गर्दा एउटा बच्चा बाटोमा खेलिरहेको हुन्छ । एताउति हेर्छिन् कोही देख्दिनन् अनि बच्चालाई समातेर अंगाल्छिन् माया गर्छिन् अनि बजारबाट ल्याएको मिठाइ हात पार्छिन् । त्यही समयमा उताबाट एउटी आइमाइ टुप्लुक्क आइपुग्छी अनि भन्छिन् ‘हेर–हेर यस्ती बाँझी आइमाइले अर्काको बच्चा समातेकी आफूले पाउन सकेकी छैन अब यो बाबु बिरामी भयो भने’ भन्दै बाबुबाट लक्ष्मीले दिएको मिठाइ खोसेर फ्याल्छिन् र त्यहाँबाट जान्छिन् । त्यो व्यवहार देखेर लक्ष्मीलाई असह्य पीडा हुन्छ र आफ्नो कोठामा आएर गुडियाहरू समातेर भक्कानिएर रुन्छिन् । त्यही समयमा ईश्वर कोठामा प्रवेश गरे र किन रोएकी यसरी भने । लक्ष्मीले बजारबाट आउँदाको कुरा बताउँदै अब त मलाइ सन्तान जसरी भए नि चाहिन्छ म एउटा असल आमा बन्न चाहन्छु मलाई एउटा आमा बन्ने सौभाग्य दिनुस् । यदि हाम्रो सन्तान नै नहुने भए यो दुःख कस्को लागि गर्ने, अनि यो सम्पत्ति भन्दै भक्कानिएर रुन्छिन् । ईश्वर पनि निराश हुँदै लक्ष्मी प्रतिक्षा गर एक दिन हाम्रो सन्तान अवश्य हुन्छ । यदि हाम्रो भाग्यमा नै बुबा आमा हुन लेखेको छैन भने भगवानको हातमा छ । यदि सन्तान नै भएन भने पनि भाई गोपाल पनि छोरा जस्तै त होनी त्यसलाई सानैदेखि तिमीले नै मातृस्नेह दिएर हुर्काएकी थियौ । उसको बिहे गरौंला । छोरा–छोरी जन्मिन्छन् भाइको छोराछोरी पनि त हाम्रो छोराछोरी हुन् । त्यो सन्तान हाम्रो घर भित्रिंदाको रुवाइसँगै हाम्रो खुशीयाली आउनेछ । अनि हाम्रो घर पनि केटाकेटीको मिठो बोली, हो–हल्लाले हामीलाई सन्तान नभएको महसुस गराउने छैन छैन भन्दै लक्ष्मीलाई सम्झाउने प्रयास गर्दछन् ।
उता गोपाल पनी स्नातक तह पढ्दै सानो तिनो जागीर सुरु गरेका थिए । अनि आफूसँगै पढ्ने सरिता नाम गरेकी केटीसँग प्रेम गर्थे । एक दिन गोपालले आफ्नो विहेको बारेमा दाजु भाउजुसँग कुरा गरे । अनि अनि दाजुले भाइत सानै छ भनेको त ठूलो भइसकेछ भनेर जिस्किए । गोपालले दाजु भाउजुलाई लिएर सरिताको हात माग्न सरिताको घर
गए । गोपाल जस्तो इमान्दारी, अनुसाषित, मेहेनती केटा पाएपछि सरिताको बाबु आमाले सहजै स्वीकारे र बिहेको कुरा टुङ्ग्याए त्यसपछि भाइ गोपालको बिहे धुमधामसँग सम्पन्न गरे । उनीहरूको घरमा झन् खुशीयाली छाएको थियो । सरितालाई कहिल्यै माइतिको मायाले सताएन । उनले घरमा नै आमा बाबाले दिने माया जस्तै माया पाएकी थिइन् ।
गर्मीको दिन थियो । बिदाको दिन सबै जना घरमा थिए । लक्ष्मी एक्कासी रिंगटा लागेर भुइँमा लड्छिन् । अनि लक्ष्मीलाई हतार–हतार अस्पताल पु¥याए । अस्पतालमा जाँचपछि उनी गर्भिणी भएको कुरा बताए । ईश्वरको घरमा खुशीयाली छायो । त्यसको एक महिना पछि सरिता पनि गर्भवती हुन्छिन् । अब ईश्वरको घरमा खुशीयालीको लहर छाएको हुन्छ । घरका सबै सदस्यहरू जन्मिने बेला सन्तानको कल्पनामा नै दिन बिताइरहेका थिए । दिन बित्दै जाँदा लक्ष्मीलाइ प्रशब पीडाले च्याप्छ । अनि ईश्वरले अस्पताल लैजान्छन् । उता ईश्वरको भाइ गोपाल जागीरको कामकाजको शिलशिलामा केही दिनको लागि बाहिर गएका हुन्छन् । त्यसैबेला लक्ष्मीलाई अस्पताल लगि नपु¥याउँदै घरमा सरिता एक्कासी बेहोस् हुन्छिन् र सरितालाई पनि त्यही अस्पतालमा भर्ना गरे । ईश्वरकी श्रीमती लक्ष्मीले छोरा पाइन् अनि ईश्वरको सबै भन्दा खुशीको क्षण भयो । लक्ष्मीले छोरो पाउने बित्तिकै खुशी भएर ईश्वरलाई भनिन् जानुस् गाउँमा गएर फर्कनुस् लक्ष्मीले छोरा पाइ भनेर । जसले मलाइ बाँझी आइमाइ भन्थे उनीहरूको कानमा पर्ने गरी भन्दै खुशी व्यक्त गर्छिन् । उता सरितालाई पनि समय नपुग्दै प्रशव पीडाले च्यापेको थियो । सरितालाई डाक्टरले चेक जाँच गरेपछि सरिताको बच्चा पेटमा नै मरेको छ । त्यसैले अप्रेशन गर्नुपर्छ भनेर डक्टरले भने । त्यसपछि सरिताको जटिलसँग अप्रेशन सफल हुन्छ ।
अप्रेशन गरिसकेपछि डाक्टर बाहिर निस्कन्छन् । ईश्वरले सोध्छन् कस्तो छ सरितालाई ?अप्रेशन एकदम जटिल थियो । अप्रेशन सफल भो आमालाई त बचायौं बच्चा बाँचेन । तर अप्रेशन जटिल भएकाले सरिता अब कहिल्यै आमा बन्न नसक्ने भइन् र अब होस आएपछि सरिताले बच्चा खोज्छिन् बच्चा नपाउँदा उनको स्मरण शक्ति गुम्ने हो की ज्यान तल माथि हुने होकी भन्ने डर छ भनेर डाक्टरले भने । त्यसपछि ईश्वरले मनमा धेरै कुरा सोच्छन् अनि लक्ष्मी निर गए । लक्ष्मी छोरालाई खेलाइ रहेकी थिइन् । ईश्वरले लक्ष्मीलाई आज एउटा कुरा माग्छु दिन सक्छौ भने । लक्ष्मीले पनि भनिन् आज मेरो छोरो जन्मेको छ । जीवनको सबैभन्दा खुशीको क्षण हो भन्नुस् न ईश्वरले निराश हुँदै उता सरिताको अवस्थालाई बताउँदै हाम्रो छोरो सरितालाइ दिनुपर्छ । उनको अप्रेशन जटिल भएकाले बच्चा पनि बाँचेन र अब उनि कहिल्यै आमा बन्न नसक्ने भइन् । अब होस आएपछि बच्चा खोज्दा नभएको कुरा थाहा पाइन् भने उनको स्मरण शक्ति गुम्ने अथवा छटपटाउँदा, रुदा, कराउँदा अप्रेशनमा समस्या देखिएर मृत्यु पनि हुनसक्छ भन्नुभयो डक्टरले यो अवस्थामा हामीले के गर्ने । हामीले सरितालाई बचाउनुपर्छ त्यसैले हाम्रो बच्चा दिनुपर्छ यो भन्दा अरु उपाय केही छैन । लक्ष्मी रुन्छिन् कराउँछिन् । ईश्वरले हामीले अर्को सन्तान पनि पाउन सक्छौं । आखिर हाम्रै काखमा खेल्ने हुर्किने त हो भन्दै सम्झाउँछन् त्यसपछि लक्ष्मि छोरो दिन सहमत हुन्छिन् । छोरालाई लगेर सरिताको काखमा सुताइ दिन्छन् । बच्चाको रुवाइ सुनेर सरिताको होस् आउँछ र खुशी हुन्छिन् । लक्ष्मीको खुशी क्षण भरमै बिलाएर जान्छ ।
केही समयमा नै हतार–हतार गोपाल अस्पताल आइपुग्छन् र छोरो पाएकोमा खुशीले गद्गद् हुन्छन् । उता ईश्वरले केही पनि वास्तविक कुरा बताउँदैनन् । आफ्नो सन्तान मरेकै जन्मेको थियो भने । अनि सबै घरतिर लागे । दिन बित्दै जान्छन् । देवरानी सरिताको छोरो भए पनि धेरै स्याहार सम्हार खाना खुवाउने खेलाउने लक्ष्मीले नै गर्थिन् । छोरो हुर्केर एक वर्षको भएको सरितालाई पत्तै भएन । एकदिन छोरो अलि बिरामी भए जस्तो भयो । अनि गाउँघरका आइमाइले सरितालाई तिम्रै दिदीको आँखा लागेको हो । आफूले जन्माउन सकिन एउटा जन्माकी थिइ खाइहाली केरे अब यसलाई पनि खान्छे तेले धेरै घुलमिल नगराउनु लक्ष्मीसँग भनेर गाउँका आइमाइले पँधेरोमा सरितालाई भन्छन् । साँच्चिकै सरितालाई पनि विस्तारै त्यस्तै हो जस्तो लाग्न थाल्यो । अब सरिताले दिदीसँग नराम्रो व्यवहार देखाउन थालिन् । छोरालाई खेलाउन समात्न पनि दिइनन् । गोपाललाई भन्न थालिने हामी यो घरमा बस्यौं भने हाम्रो छोरो रहन्न । दिदीको आँखा लागेर अस्तितिर बिरामी भयो । आजभोलि रोइरहन्छ । दुब्लाउँदै पनि गएको छ । गोपाललाई श्रीमतीको कुरा सुनेर साँच्चिकै त्यस्तै लाग्न थालेको थियो । केही दिनदेखि घरमा गोपालको छोराकै विषयलाई लिएर दाजुभाउजुसँग झगडा गरेका थिए । त्यसपछि गोपालको बुढाबुढीले छोराको लागि भए पनि आफ्नो घरमा नबसेर माइतिर गएर बस्ने निर्णय गरे । एका बिहानै सर समान बोकेर माइततिर जान तरखर गर्दछन् । दाजुुभाउजुले धेरै पटक माइत नजान आग्रह गरे । यसो भन्दा आफूले सन्तान नजन्माएर हाम्रो छोरा माथि आँखा लगाउने भन्दै माइततिर हिँडे ।
त्यसपछि ईश्वर लक्ष्मीलाई आफ्नै छोरो पनि आज हाम्रो अगाडि भएन भन्दै रुदै कराउँदै केही दिन बसे । अनि छोरो घरमा नहुँदा र भाइ बुहारीले आफूलाई त्यस्तो व्यवहार गरेको देखेर साह्रै असह्य भयो । छोरो जस्तै गरी हुर्र्काको देवरलाई देवरानीको अवस्था खतरनाक देखेर आफ्नै मुटुको टुक्रा छोरो दिए आज मलाई यति नराम्रो व्यवहार देखाए भन्दै रुन्थिन् । प्राण जस्तो छोरा भाइ बुहारी नभएपछि घर पनि उजाड लाग्यो त्यो घरमा एकछिन पनि बस्न नसकेपछि घर छोडेर गए । उता गोपालको बुढाबुढी माइतमा नै बस्ने लागेको एक महिना जति हुन लागेको थियो । लक्ष्मीको स्याहार सम्भार माया ममताबाट हुर्किएको छोरो लक्ष्मीको जति सरिताले स्याहार सम्भार, राम्रो खानपान गर्न नसकेर र छोरो बिरामी भएको थियो। छोरो बिरामी भएपछि छोरोलाई अस्पताल लगे । अस्पतालमा पहिले सरितालाई अप्रेशन गरेको डाक्टर नै भेटिए । डाक्टरले बच्चा रोएको देख्दा बच्चाको आमा खोइ भनि डाक्टरले सोध्छन् । मनै हुँ आमा भनेर सरिता अगाडि सर्छिन् । तपाईंको बच्चा पेटमा नै मरेको थियो त्यसैले तपाईंको जटिल अप्रेशन पछि तपाईं बाँच्न सफल हुनुभयो र अप्रेशन गरेको तपाईंको होस नआउँदा र तपाईको अवस्थालाई खतरामुक्त गराउनेको लागि यो बच्चालाई तपाईंको बच्चा भनेको थियौं भनेर सम्पूर्ण वास्तविकता डाक्टरले बताए । गोपालको बुढाबुढी छाँगाबाट खसेजस्तै हुन्छन् र देउता जस्तो दाजुभाउजुलाई हामीले त्यति घिन लाग्दो व्यवहार ग¥यौं भन्दै पश्चाताप गर्दै घर फर्किए । घर आउँदा घरमा कोही थिएन । घर भताभुङ्ग देखिएको हुन्छ । गोपाल र सरिता पछुताउनु शिवाय केही हुँदैन ।
(लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा एमएड प्रथम सेमेस्टरमा अध्यनरत छिन् ।)

प्रकाशित मितिः   १३ जेष्ठ २०७४, शनिबार १५:३४