एन्फा लिगको फाइनल आज

वीरेन्द्रनगरमा सञ्चालित जिल्लास्तरीय एन्फालिग फुटबल प्रतियोगिताको  फाइनल खेल आज (शनिवार) हुँदैछ । लिगको उपाधिका लागि एबीसी युवा क्लब र वीरेन्द्रनगर स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

वीरेन्द्रनगर स्पोर्टस् क्लबले शिद्धपाइला स्पोर्टस् क्लबलाई र एबीसीले साथी खोर्के युवाक्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । फाइनल खेल दिउँसो ४ बजे हुने आयोजक सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए ।

विजेता टिमले उपाधिसँगै नगद ५१ हजार रूपैयाँ पुरस्कार प्राप्तगर्ने छ । उपविजेताले भने २५ हजार पाउने छ ।