घुससहित सर्वेक्षक पक्राउ

साझा बिसौनी संवाददाता
सुर्खेत, ३ माघ । 
अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेत अन्तर्गतको सम्पर्क कार्यालय कोहलपुरले घुस लिँदा लिँदै १ नम्बर नापी कार्यालयका सर्वेक्षक जीवच्छलाल यादवलाई पक्राउ गरेको छ । आइतवार दिउँसो साढे ४ बजे बाँके जिल्ला अदालत र निर्माणाधीन मालपोत कार्यालय नजिकै घुसवापत लिएको एक लाख रूपैयाँसहित यादवलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । 
अख्तियारले यसअघि एक नम्बर नापी कार्यालयका सर्वेक्षक देवेन्द्रप्रसाद कुम्हारलाई वैशाख ६ गते उनकै कार्यकक्षमा छापामारी पक्राउ गरेको थियो । 
सेवाग्राहीबाट लिएको ११ हजार रूपैयाँसहित सर्वेक्षक कुम्हारलाई पक्राउ परे पनि घुस खाने क्रम नरोकिएकाले अख्तियारले नापीमा निगरानी बढाएको थियो । सोही क्रममा सोमवार यादव पक्राउ परेका हुन् ।
प्रकाशित मितिः   ४ माघ २०७२, सोमबार ११:३४