स्टेशनरी व्यवसायी संघमा थापा

साझा बिसाैनी स‌वाददाता
दैलेख, ३ माघ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दैलेखको अध्यक्षमा नरेन्द्र थापा चयन भएका छन् । संघको आइतवार सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । थापा दैलेख उद्योग वाणिज्य संघका महासचिव समेत हुन् । समितिको उपाध्यक्षमा शैलेश श्रेष्ठ, सचिवमा टीकाराम थापा र कोषाध्यक्षमा हस्तबहादुर शाही चयन भएका छन् । अधिवेशन महासंघका केन्द्रीय सदस्य रामप्रसाद गौतमको प्रमुख आतिथ्यता एवम् दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्तिप्रसाद शर्माको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशन महासंघ दैलेखका तदर्थ समितिका अध्यक्ष लोमन शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । अध्यक्षमा चयन भएपछि थापाले स्टेशनरी व्यवसायीहरुको अधिकार स्थापित गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।