सम्पादकलाई पर्यटन पुरस्कार

साझा बिसौनी संवाददाता
सुर्खेत, ३ माघ । 
यस दैनिकका सम्पादक ललितबहादुर बुढा पुरस्कृत भएका छन् । पर्यटन विकास मञ्च सुर्खेतले यस वर्षको पर्यटन पत्रकारिता पुरस्कारबाट सम्पादक बुढालाई सम्मान गरेको हो । 
 पत्रकारितामार्फत् जिल्लाको पर्यटन विकास र प्रवद्र्धनमा महŒवपूर्ण योगदान पु¥याएको भन्दै मञ्चले उनलाई पुरस्कृत गरेको हो । हरेक वर्ष प्रदान गरिने यो पुरस्कारको राशी १० हजार नगद र सम्मान–पत्र रहेको छ । मञ्चले वीरेन्द्रनगरमा सञ्चालन गरेको राष्ट्रिय पर्यटन, कृषि तथा लघुउद्यम महोत्सव–२०७२ को समापनको अवसर पारेर आइतवार उक्त पुरस्कार प्रदान गरिएको हो । 
एघार दिनसम्म सञ्चालन भएको महोत्सवको समापन समारोहमा सांसद सीता नेपालीले सम्पादक बुढालाई नगद १० हजार रूपैयाँ, सम्मान–पत्र र दोसल्लासहित सम्मान गरेकी हुन् । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सचिव समेत रहेका बुढाले लामो समयदेखि सुर्खेतको पर्यटन विकासमा समाचारमार्फत् महŒवपूर्ण योगदान पु¥याएकाले यो पुरस्कार प्रदान गरिएको मञ्चले जनाएको छ । जिल्लाका उत्कृष्ट एक जना पत्रकारलाई मञ्चले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । 
अन्नपूर्ण पोस्ट्का सुर्खेत संवाददता समेत रहेका बुढालाई २०७२ सालको पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत भएपछि सम्पादक बुढाले आगामी दिनमा समेत पर्यटन क्षेत्रको विकासमा आफूले निरन्तर कलम चलाउने बताए । यसअघि उनले उत्कृष्ट स्वास्थ्य पत्रकारिता पुरस्कार समेत प्राप्त गरेका थिए ।
यसैबीच मञ्चले रेडियो पत्रकारिता पुरस्कारबाट रेडियो भेरीका प्रकाश पन्त र टेलिभिजन पत्रकारिता पुरस्कारबाट सुनगाभा टेलिभिजनका खीम बुढालाई पनि सम्मान गरेको छ ।  
प्रकाशित मितिः   ४ माघ २०७२, सोमबार ११:३९