एबीसी एन्फा लिगको फाइनलमा
एबीसी युवा क्लब सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधवार सम्पन्न सेमिफाइनलमा साथी खोर्के क्लबलाई ३–१ ले पराजित गर्दै एबीसी उपाधि नजिक पुगेको हो ।
एबीसीका लागि खगेन्द्र खत्रीले ९ र २० मिनेटमा गरी २ गोल भने महेन्द्र शाहीले ७१ औं मिनेटमा एक गोल गरे । साथी खोर्केका लागि सुदिप गुरुङले ५५ औं मिनेटमा सान्तवना एक गोल गरेका थिए ।
प्रकाशित मितिः ११ जेष्ठ २०७४, बिहीबार १०:५१
साझा बिसौनी ।