सुर्खेतका बाढीपीडितलाई १० करोड वितरण हुने

सुर्खेतका बाढीपीडितहरुका लागि राहत स्वरुप १० करोड रुपैयाँ वितरण गरिने भएको छ । जिल्ला दैवी प्रकोप उद्दार समिति सुर्खेतले पहिलो किसतावापत आएको रकम नियमंगड रुपले बाढीपीडितलाई वितरण गर्न अनुमति दिएको छ ।

पहिलो चरणमा जिल्लका २ सय ५५ जना जग्गा भएका तर घर नभएका पीडितहरुलाई घर बनाउन ५० हजारको दरले रकम प्रदान गरिनेछ । त्यसैगरी जग्गा पनि गुमाएका र घर पनि नभएका ७ सय १५ परिवारका लागि घर बनाउनका लागि आवश्यक जग्गाखरिद गर्न ५० हजारको दरले रकम प्रदान गरिने भएको हो ।

केही समयपछि दोस्रो किस्ताको रकम पनि प्रदान गरिने जनाइएको छ । तेस्रोत किस्ताको रकम भने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले स्वीकार गरेको मापदण्डका आधारमा घर निर्माण भइसकेपछि मात्र प्रदान गरिने छ । पहिलो किस्तावापट १० करोड रुपैयाँ विनियोजन भएको जनाइएको छ ।

तीन वर्षअघिको बाढी र पहिरोबाट सुर्खेतका करिब एक जना परिवार विस्थापित भएका थिए । उनीहरुले अहिले पनि जिल्लाका विभिन्न स्थानमा अस्थायी टहरा बनाएर बसिरहेका छन् ।

प्रकाशित मितिः   ११ जेष्ठ २०७४, बिहीबार ११:१४