नयाँ शक्तिको काम र कर्तव्य
दिपक गिरी ‘कर्महारा’ |
ऐतिहासिक रूपमै देशले संविधानसभामार्फत् नयाँ संविधान जारी गरीय पश्चात् अहिले नयाँ भन्ने शब्दले विशेषगरी चर्चा पाएको छ । कतिपय कुरा त चर्चा पाएको मात्र नभइ पूरा पनि भएको अवस्था छ । जस्तैः नयाँ राष्ट्रपति, नयाँ उपराष्ट्रपति, नयाँ प्रधानमन्त्रीका साथै उप प्रधानमन्त्रीमा पनि नयाँ अनुहार देखिन्छन् । त्यसैगरी सम्पूर्ण मन्त्रीमण्डल नै एउटा नयाँ भन्ने शब्दमा रूपान्तरीय भएको छ । एक मानेमा यो समग्र राष्ट्रकै लागि शुभ सङ्केत पनि हो ।
हामी व्यवहारिक रूपमै पनि नयाँ र पुरानोको उतार चढावमै अथवा नयाँ र पुरानोको छत्र छायाँमा जीवन व्यतित गरीरहेका हुन्छौं । पुरानोबाट नयाँ भन्ने वित्तिकै त्यहाँ एउटा परिवर्तन भएको कुरा स्वीकार्नु पर्दछ, ठीक त्यसैगरी अहिले चर्चित नयाँ शब्दले पनि एउटा परिवर्तनतर्फ इङ्गित गर्दछ । जसरी पुराना गाडीबाट नयाँ गाडी पुरानो घरबाट नयाँ घर र पुरानो श्रीमतीबाट नयाँ श्रीमती आदि यस्तै अनेकन नयाँ पुरानाको रोलक्रममा पुरानो विचार र नयाँ विचार भन्ने पनि पर्दछ र आजकल नेपाल भन्ने अपूर्ण नामलाई पूर्णता दिनको लागि यो नयाँ शब्द आवश्यक पनि छ ।
त्यसैगरी अचेल सबैभन्दा बढी चर्चामा आएको ‘नयाँ शक्ति’ भन्ने शब्द अलिबढी चर्चित छ । जसरी एकताका नयाँ नेपाल भन्ने शब्द यो भन्दा पनि बढी चर्चित थियो । सबैको मुखमा नयाँ नेपालको नारा घन्किरहेको हुन्थ्यो त्यतिबेला जादुगरको छडी जस्तो नेपाल तुरुन्तै स्वीटजरल्याण्ड बन्ने सपना पनि धेरैले देखे, धेरैले सपना बाँडे पनि । तर नयाँ नेपालका नाममा जति नारा लगाए पनि वास्तवमै नयाँ नेपाल बन्ने छाँटकाँट नदेखिएपछि अजकाल नयाँ नेपाल भन्ने शब्द कतिकति मात्र सुनिने गरेको पाइन्छ ।
वास्तवमा नेपालको भौगोलिक बनावट, राष्ट्रिय सुरक्षा नीति र नेपालको मौलिक परम्पराको तथा धर्मसंस्कृतिको जगेर्ना गर्दै नेपालको आफ्नै विशेषता, पहिचान र संस्कृतिको जगेर्ना गरी देशको बेल्गै पहिचानको संज्ञा दिँदै नयाँ नेपाल निर्माणको कार्यमा जुट्नु आजको पहिलो आवश्यकता हो ।
सबैभन्दा विडम्बनाको विषय त यो हो कि यति अथाहा जल सम्पदाका हामी धनी हुँदाहुँदै पनि खेतीयोग्य जमिनमा सिँचाइको प्रबन्ध हुन नसकी आकाशे खेतीको भरमा हामीले जानीजानी अनिकाल भोकमरी जस्ता लाजमर्दा विषयलाई आत्मसात् गर्नु परिरहेको छ भने अर्कोतर्फ बिजुलीबत्ती उत्पादनमा प्रथम चरणको आवश्यक वस्तु । पानी पर्याप्त हुँदाहुँदैको अवस्थामा आजसम्म पनि सम्पूर्ण राज्य लोडसेडिङ्गमुक्त हुन नसक्नु निश्चय नै दुःखद् छ । राज्यमा रहेका यस्तै खाले अनेकन सम्भावनाहरूलाई समेट्दै सवल नेपाल र समृद्ध नेपालको नयाँ परिकल्पनाका साथ नयाँ खाका कोर्न र समृद्ध नेपालको निर्माण गरी छाड्ने प्रतिबद्धता गर्नु नै आजको सन्दर्भमा नयाँ शक्तिको पर्यायवाची रूप हो ।
विशेष गरी आजको सन्दर्भमा संविधानसभाको ऐतिहासिक निर्वाचनमा चौथो शक्तिको रूपमा उभिन सफल पार्टी राप्रपा नेपालनै त्यो नयाँ शक्ति बन्न सक्छ । जुन पार्टीलाई राष्ट्र र राष्ट्रियताप्रति असाध्यै माया छ । कतिपय अवस्थामा यो समीक्षाले प्रश्न पनि उब्जाउन सक्छ कि कसरी राप्रपा नेपालले राष्ट्र र राष्ट्रियतालाई माया गरेको छ भनेर । बुझ्नुपर्ने कुरा के हुन्छ भने राप्रपा नेपालले उठाएका मुद्दाहरू र गरेको संकल्पहरू निश्चय नै नेपालको भौगोलिक बनावट सुहाउँदो, यहाँको संस्कृति, प्राचीन सभ्यता लगायत वीरभूमि देव भूमि, आदिले नामाकरण गरिएको हाम्रो देशको विशेष पहिचान अन्य देशको तुलनामा निकै भिन्दैछ । एकातिर यो देश जन्मेदेखि नै कसैको अधिनमा रहनु नपरेको विश्वकै एक मात्र स्वतन्त्र, स्वाभिमान तथा सार्वभौम सत्ता सम्पन्न मुलुक भएको कारणले पनि यसको अझ विशेष महŒव छ ।
वास्तवमा जति नयाँ शब्दको उच्चारण गर्नु तथा निर्माण गर्नु सजिलो छ । त्यति नै यसलाई पूर्णरूपमा कार्यान्वयन गर्नु चुनौतीपूर्ण पनि छ । आज देशमा बाहिरी हस्तक्षेपका कारण विदेशी फेसन, चालचलन र संस्कृतिको घुसपैठ हुनपुग्दा सम्पूर्ण नेपालको अस्तित्व सहअस्तित्व र वास्तविक पहिचान पूर्णरूपमा उठ्ने खतरा छ तसर्थ राप्रपा नेपालले आफ्नो स्थापनाकालदेखि नै यी राष्ट्रिय सुरक्षाका मूल विषयलाई एजेण्डा बनाउँदै आफ्नो राजनैतिक धरातललाई फराकिलो बनाउँदै लागिरहेको
छ । अहिलेसम्म यो पार्टी चौथो शक्तिको रूपमा रहेको त छँदैछ अब यो पार्टीले बोकेको विचारको विश्लेषण गर्दा यो पार्टी नै नयाँ शक्तिको रूपमा स्थापित हुनसक्ने कुरा निश्चित छ ।
कुनै पनि पार्टी नयाँ शक्तिको रूपमा देखा पर्न त्यतिखेर सक्छ जतिखेर त्यो पार्टीले बोकेको विचार र सिद्धान्त राष्ट्रियहित र नैतिक विकासका लागि सर्वमान्य हुन्छ । त्यसैगरी राप्रपा नेपालले बोकेको विचार र सिद्धान्त नितान्तः रूपले नेपालको भौगोलिक बनावट, रहनसहन संस्कृति आदि नेपाल सुहाउँदो भएकोले र सम्पूर्ण नेपाली नागरिकहरूका लागि सर्वमान्य भएकोले यो पार्टीले नै नयाँ शक्तिको उपाधि धारणा गर्नसक्छ अब राप्रपा नेपालको मुख्य कार्यक्रम भन्नु नै वडा–वडामा राप्रपा नेपालको नारा घन्काउँदै वडास्तरमा देखिने गरेको विकासका पूर्वाधारहरू तथा सम्भावनाहरूलाई समेट्दै जिल्लास्तरसम्म पुग्दै सम्पूर्ण जिल्ला विकसित बनाउँदै समग्र राष्ट्रलाई सम्पूर्ण रूपले विकसित तुल्याउनु हो । किनकि वडाको सानो इकाइलाई विकसित तुल्याउँदै गए मात्र सम्पूर्ण राज्य विकसित हुनसक्छ भन्ने राप्रपा नेपालको मान्यता हो । अन्य पार्टीहरूले आजसम्म केन्द्रलाई विकसित तुल्याउँदा समग्र राष्ट्र नै विकसित हुन्छ भन्ने सङ्कुचित विचार र गलत मार्गचित्रका कारण आजसम्म नेपाल अविकसित रहनु परेको कुरा माघ झैं छर्लङ्ग छ ।
अन्तमाः यदि हामी नेपाली हों, आफूलाई म नेपाली हुँ भन्दा गर्भको महसुस हुन्छ भनेर हामी विश्वकै एकमात्र स्वतन्त्र, स्वाभिमान र सर्वभौम सत्तासम्पन्न मुलुकका नागरिक हुन पाएकोमा गर्भको महसुस हुन्छ भने, अहिलेको नितान्तः आवश्यकताको विषय भन्नु नै नयाँशक्ति नयाँ नेपालका नारा लगाउनु भन्दा नयाँ नेपाल बनाउने अभियानमा लागि हाल्नु बेस हुन्छ । समय मूल्यवान छ भन्ने कुरा र नेपाल निर्माण अभियानमा ढिलाइ भइरहेको महसुस गर्दै राष्ट्रको जगेर्ना गर्ने जिम्मा लिएको राष्ट्रवादी पार्टी र सम्पूर्ण नेपालीहरूको राष्ट्रभक्तिको भावनाद्वारा प्रेरित भएर नेपाल निर्माण अभियानमा जुट्यौं भने निश्चय नै हामी नेपाल आमा मुहार फेर्न र उनको अविरल बाहिरहेका आँसु रोक्न अवश्य सक्छौं भन्ने कुरामा दुईमत छैन । तसर्थ आज सम्पूर्ण नेपालीले जन्म दिने आमा र आफू जन्मेको देश स्वर्ग भन्दा पनि प्यारो हुन्छ भन्ने मूल विषयलाई एजेण्डा बनाउँदै अविलम्ब अभियानमा जुट्न सम्पूर्ण नागरिकहरूको आजको सन्दर्भमा पहिलो आवश्यकता हो ।
साझा बिसौनी संवाददाता ।