प्रदेश ६ मा एमाले पहिलो, दोस्रोमा कांग्रेस-माओवादी

वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट प्रदेश नम्बर ६ मा नेकपा एमाले पहिलो राजनीतिक दल बनेको छ । यो प्रदेशका ७९ वटा स्थानीय तहमध्ये २७ वटामा जित हासिल गर्दै एमाले पहिलो बनेको हो ।

यस्तै समान २५/२५ वटा स्थानीय तहमा विजयी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भने संयुक्त रुपमा दोस्रो स्थानमा छन् ।

कुन जिल्लामा कुन दलले कति स्थानीय तह जिते ?
सुर्खेत : कांग्रेस ६, एमाले ३
रुकुम : माओवादी केन्द्र ६
जाजरकोट : एमाले ३, कांग्रेस २, माओवादी २
सल्यान : एमाले ४, कांग्रेस ३, माओवादी ३
डोल्पा : एमले ४, माओवादी २, स्वतन्त्र २
जुम्ला : कांग्रेस ४, एमाले १, माओवादी ३
दैलेख, एमाले ७, कांग्रेस ४
कालिकोट : एमाले ३, माओवादी ५, कांग्रेस १
मुगु : कांग्रेस ३, एमाले १
हुम्ला : माओवादी ४, कांग्रेस २, एमाले १

प्रकाशित मितिः   १० जेष्ठ २०७४, बुधबार ११:०४