संसद बैठक भोलि ११ बजेसम्मका लागि स्थगित, प्रधानमन्त्रीको सम्बोधन पनि रोकियो

मंगलबार बस्ने भनिएको व्यवसथापिका संसदको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। प्रमुख तीन दलबीच सहमति नभएपछि भोलि बिहान ११ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित भएको हो।

यो सँगै व्यवस्थापिका संसद्को बैठक मंगलबार तेस्रोपटक सारिएको छ। आज बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ३ बजे सारिएको थियो। दिउँसो ३ बजे बोलाइएको बैठक विशेष कारण देखाउँदै संसद सचिवालयले सूचना टाँस गरेर साँझ ५ बजेसम्मलाई सारिएको हो। त्यसपछि अहिले पुनस् सूचना प्रकाशित गरेर ७ बजे सम्मलाई स्थगित गरिएको थियो।

प्रकाशित मितिः   ९ जेष्ठ २०७४, मंगलवार १९:२२