घाइतेको उपचारका लागि कोरियाबाट आर्थिक सहयोग

दुर्घटनामा परि घाइते भएका पञ्चपुरी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रतनबहादुर बिसी र सदस्य तुलबहादुर सहकारीको उपचारका लागि कोरियामा रहेका दुई जना सुर्खेती युवाले आर्थिक सहयोग प्रदान गरेका छन् ।

मटेला, सुर्खेतका लालबहादुर चन्द र लोकबहादुर चन्दले नगद ४० हजार रुपैयाँ सहयोग गरेका हुन् । उनीहरुले कोरियाबाट पठाएको रकम लालबहादुरकी श्रीमति लक्ष्मी चन्दले मंगलवार घाइते सहकारीका दाइ खड्गबहादुर देउवा र विसीका काका सूर्यबहादुर बुढालाई हस्तान्तरण गरेकी हुन् ।

केही दिनअघि वीरेन्द्रनगरतर्फ जाँदै गर्दा पञ्चपुरी गाउँपालिकाको सालकोटमा गाडीले ठक्कर दिदा सहकारी र बिसी घाइते भएका थिए । उनीहरुको ग्राण्डि अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । सहकारीको एउटा खुट्टा नै छिनिएको छ भने बुढा पनि गम्भिर घाइते छन् । दुवै जनाको उपचारमा अार्थिक अभाव भएको परिवारले जनाएका छन् ।

प्रकाशित मितिः   ९ जेष्ठ २०७४, मंगलवार १६:५५