प्रधानमन्त्री दाहालले आज राजीनामा दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पदबाट राजीनामा दिएका छन् ।
प्रचण्डले व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने भएका हुन् । प्रधानमन्त्रीले १ बजे सम्बोधन गर्ने कार्यक्रम संसद सचिवालयले जनाएको छ ।

सरकार गठनका क्रममा भएको समझदारी अनुसार नै माओवादी अध्यक्ष समेत रहका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् ।

अब कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

सरकार गठनका क्रममा भएको समझदारी अनुसार नै माओवादी अध्यक्ष समेत रहका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् ।
अनलाइनखबरबाट

प्रकाशित मितिः   ९ जेष्ठ २०७४, मंगलवार १०:४७